
शुक्रवार , जेठ १३, २०७९
जेठ १३ गते । नेपाली कांग्रेस सैनामैना नगरसमितिको आयोजनामा बधाई, शुभकामना तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
हालै सम्पन्न स्थानिय तहको चुनाबमा काङ्ग्रेसको तर्फबाट सैनामैना नगरपालिकामा निर्बाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरिएको हो । सम्मान हुनेमा निर्बाचित सैनामैना नगरपालिकाको मेयरमा फणिन्द्र प्रसाद शर्मा,सैनामैना नगरपालिका वडा नं. ४ वडाअध्यक्ष राम प्रसाद अधिकरी,सैनामैना वार्ड नं. ६ का वडाअध्यक्ष गोपाल पोख्रेल,सैनामैना वडा नं. ७ का वडाअध्यक्ष राजकुमार चौधरी तथा वडा सदस्यहरु र काङ्ग्रेस सैनामैना वडा नं. देखि ११ सम्मका वडासभापति,युवा निर्बाचन परिचालन समिती,महिला संघ रहेका छ्न ।
सो कार्यक्रममा सैनामैना नगरपालिकाका फणिन्द्र शर्माले सबै कांग्रेसका कार्यकर्ता मतदाता सम्म पुग्नाले बिजयी हासिल गरेको बताएको छन ।आफुले काङ्ग्रेसको घोषणा पत्र अनुसार कार्य सम्पादन गर्दै जाने तर्क गर्दै समुन्नत नगर बनाउन लागि पर्ने मेयर शर्माले बताए ।
कार्यक्रममा काङ्ग्रेस लुम्बिनी प्रदेशका सदस्य चित्र के सि,गोबिन्द लम्साल,बिस्नु पोखरेल लगाएतको उपस्थिति रहेको थियो । कांग्रेस सैनामैना नगर सभापति रण बहादुर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर सचिब अर्जुन पौडेलको सन्चालनमा सम्पन्न भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij