२०८२, फाल्गुण ६ गते

Feb 18 2026 | २०८२, फाल्गुण ६ गते

रोटर्‍याक्टमा २३ औं पदस्थापन कार्यक्रम

शुक्रवार , श्रावण ९, २०७७

  • 5.8K
    Shares
  • 5.8K
    Shares

  • बुटवल, ९ साउन ।
    रोटर्‍याक्ट क्लब अफ बुटवलको २३ औं पदस्थापन कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । 

    कार्यक्रममा वर्ष २०१९/२० का अध्यक्ष रोनिल श्रेष्ठले वर्ष २०२०/२१ का अध्यक्ष सुमन अधिकारीलाई पद हस्तान्तरण गरेका थिए । त्यस्तै सचिव कृष्ण अधिकारीले कृष्ण बस्याललाई माइन्युट हस्तान्तरण गरेका थिए ।

    कार्यक्रमको उद्घाटन गर्दै रोटरी क्लब अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठले युवाहरुको अगुवाइमा समाज परिवर्तनमा नमूना काम अघि बढेको बताए । आफ्नो कार्यकालमा लुम्बिनी प्रादेशिक अस्पतालमा क्यान्सर स्क्रिनिङ, आम्दा अस्पतालमा अक्सिजन प्लान्ट, मोवाईल कलेक्शन भ्यान, रोटरी ब्लड बैंक, अस्पतालबाट निस्कने फोहरजन्य पदार्थको डिस्पोजल मेशिन लगायत परियोजनाहरु रहेको बताउँदै उनले यसका लागि आ–आफ्नो क्षेत्रबाट योगदान दिन आग्रह गरे । 

    रोटर्‍याक्ट भवन बनाउँदा कवर्ड हललाई समेत सञ्चालन गर्ने जिम्मा क्लबलाई दिने गरी सचिवालय बनेको बताउँदै उनले नेतृत्वको अगुवाई नहुँदा यो पछि परेको उल्लेख गरे । उनले युवाहरुलाई स्वास्थ्य, शिक्षा र विकासको काममा अघि बढ्न सुझाव दिए । 

    कार्यक्रममा रोटरी क्लब अफ बुटवलका प्रेसिडेन्ट नोमिनी बोनिन पिया, जिवकान्त काफ्ले, यादव भण्डारी, रोशन पाण्डे लगायतले सामाजिक कार्यमा अघि बढ्न सके संस्थाको गरिमा बढ्ने बताए ।

    त्यस अवसरमा रोटर्‍याक्ट  क्लब अफ बुटवलका अध्यक्ष सुमन अधिकारीले आफ्नो कार्यकालमा गर्ने कार्यक्रमहरुबारे जानकारी गराएका थिए ।