
सोमवार , बैशाख ५, २०७९
रुपन्देही, ५ वैशाख ।
रुपन्देहीको बुटवलमा रहेको एम्स कलेजका विद्यार्थीहरुलाई रेफ्रेसमेन्ट तालिम दिइएको छ । एम्स कलेजमा अध्ययनरत विधार्थीहरुलाई जीवनमा आध्यामिक शाक्तिको प्रयोग कला, ध्यान तथा एकाग्रता विधि, मनको उचित व्यवस्थापन कला लगायतका विषयमा केन्द्रित भई प्रशिक्षण दिइएको क्याम्पस प्रमुख तथा कार्यक्रम संयोजक दिपक ढकालले जानकारी दिए ।
ग्लोबल पिस, रिट्रीट ढवाहा बुटवलमा भएको तालिमको सोमबार समापन कार्यक्रम एक्स कलेजका प्रबन्ध निर्देशक गोपाल न्यौपानेको अध्यक्षता, डायनामिक ट्रेनर तथा राजयोग ब्रम्हाकुमार ऋषि न्यौपानेको प्रमुख आतिथ्यता तथा ब्रम्हाकुमारी मिना र ब्रम्हाकुमार भरतको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।
सोही अवसरमा डायनामिक ट्रेनर तथा राजयोग ब्रम्हाकुमार ऋषि न्यौपानेले योग, ध्यान तथा आध्यात्म बुढेसकालमा नभइ बाल्यकालदेखि नै जीवन जिउने कलाको रुपमा प्रयोग गर्नुपर्ने धारणा राख्दै एक भ्रष्टाचारमुक्त सभ्य र शान्त समाजको निर्माण गर्न सबैलाई राजयोग मेडिटेसन सिकेर प्रयोग गर्न आग्रह गरे ।
प्रशिक्षक न्यौपानेले दुई दशक बढी समयदेखि उत्कृष्ट जीवन जिउने कला तथा गुणस्तरीय जीवन शैलीका विविध आयाममाथि देश विदेशमा तालिमको सहजीकरण गर्दै आएका छन् ।
एम्स कलेजका प्रबन्ध निर्देशक गोपाल न्यौपानेले आजको तालिमले सम्पुर्ण जीवनको गुणस्तरीय अनुभुतिका लागी जीवनमा पढाई संगसंगै नैतिक आचारण, योग, ध्यान र आध्यात्मलाई पनि व्यवहारिक रुपमा प्रयोग गनै सिकाएको र समृद्ध जीवन जिउने कला कोशेढुंगा सावित भएको बताए ।
कार्यक्रममा क्याम्पस प्रमुख दिपक ढकालले एम्स कलेजले विद्यार्थीलाई उनीहरुको चौतर्फी विकासका लागी किताबी ज्ञान भन्दा व्यवहारिक ज्ञान, तालिम, सेमिनार जस्ता गतिविधिद्वारा पढाइको गुणस्तर बढाउन प्रतिबद्ध रहेको कुरा औल्याए ।
कार्यक्रममा प्रशिक्षार्थीहरुको प्रतिनिधित्व गर्दै जयश्री बरालले यो तालिम सम्पुर्ण विद्यालय तथा कलेजका विद्यार्थीहरुलाई ध्यान एकाग्रह गर्न, मनको र एमोसनको व्यवस्थापन गर्न अत्यन्तै जरुरी रहेको बताए ।
कार्यक्रममा निवर्तमान क्याम्पस प्रमुख विकास श्रेष्ठ, क्याम्पसका फ्याकेल्टी प्रमुख, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख दिपक ढकालले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij