
बुधवार , चैत्र ३०, २०७८
बुटवल, ३० चैत ।
लायन्स क्लब अफ बुटवल देवीनगरले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र रक्त सञ्चार सेवा केन्द्र बुटवललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । बुधबार लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रममा क्लबले विरामीले प्रयोग गर्ने प्रादेशिक अस्पताललाई ३ थान ह्वीलचेयर र रक्त सञ्चार सेवा केन्द्र बुटवललाई २ वडा बेड प्रदान गरेको हो ।
क्लबकी अध्यक्ष मीना कार्कीले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकाल र रक्त सञ्चार सेवा केन्द्रका सदस्य कृष्ण चौहानलाई स्वास्थ्य सामग्री प्रदान गरेकी हुन् । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी का गभर्नर नवराज न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम क्लबकी प्रथम उपाध्यक्ष शोभा रानाको संयोजकत्वमा सम्पन्न भएको हो ।
लायन्स क्लब अफ बुटवल देवीनगर महिलाहरु मात्र आवद्ध क्लब हो । क्लबमा ३० जना महिला सदस्य छन् । एक वर्ष अघि स्थापना भएको क्लबले महिल सशक्तिकरण, नेतृत्व विकास र सामाजिक सेवाका कार्यलाई निरन्तरता दिंदै आएको क्लबकी अध्यक्ष मीना कार्कीले बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij