
मंगलवार , कार्तिक १८, २०७७
अर्घाखाँची, १८ कार्तिक ।
कृषि ज्ञान केन्द्र अर्घाखाँचीले आर्थिक वर्ष २०७७÷०७८ को स्वीकृत कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । जसमा कृषि उत्पादन, पोषण कार्यक्रम, स्मार्ट कृषि गाउँ कार्यक्रम, अभियानमुखी, ब्लक लगायतका कृषि कार्यक्रममा ‘सञ्चारकर्मीसंग अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको हो ।
जसमा आर्थिक वर्ष ७७/७८ को लागि ९ करोड ९८ लाख ८४ हजार हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका सुचना अधिकारी महेन्द्र कुमार ओझाले जानकारी दिए ।
त्यस्तै गत आर्थिक वर्ष २०७६/०७७ मा कोरोना महामारीका कारण कुल बजेटको ४५ प्रतिशत मात्र खर्च गरेको ज्ञान केन्द्रले यस बर्ष भने शतप्रतिशत कार्यसम्पादन गर्ने योजना राखेको ज्ञान केन्द्रका प्रमुख राममिलन विश्वकर्माले बताए । उनका अनुसार उत्पादित कृषि वस्तु बजारमा पुगे पनि उचित दरभाउ नपाउँदा किसान मारमा पर्ने गरेको उल्लेख गदै यसको रोकथामको लागि आफुहरु लागि परेको बताए । अर्कोतर्फ यस वर्ष थप कृषकका लागि प्रोत्साहनमुलक कार्यक्रम संचालन गर्ने समेत जानकारी गराइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij