
आइतवार , चैत्र २०, २०७८
बुटवल, २० चैत ।
नेपाल नियमित रक्तदाता संघले बुटवलमा खुल्ला रक्तदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ । वि.सं. २०६१ सालमा स्वर्गीय सरोज सिलवाल बन्दिले स्थापना गरेको संस्था निरन्तर रूपमा रगत व्यवस्थापन र रक्तदान गराउँदै आएको नेपालको पहिलो रक्तदान गराउने संस्था हो । रगत व्यवस्थापनमै लाग्दै गर्दा सडक दुर्घटनामा वि.सं. २०६४ सालमा सिलवालको निधन भएको थियो । नेपाल नियमित रक्तदाता संघले नियमित रूपमा प्रत्येक महिनाको तेस्रो हप्ता रक्तदान कार्यक्रम गर्दै आएको छ । वर्तमान समयमा बुटवलमा रगत अभाव भएकोले रगत अभावलाई समाधान गर्न कार्यक्रम गरिएको संस्थाका महासचिव महेश खनालले बताए । मानवीय उत्तरदायित्व वहन गर्दै कार्यक्रम आयोजना गरिएको हो ।
नेपाल नियमित रक्तदाता संघका अध्यक्ष दया बहादुर सिलवालको अध्यक्षता, रुपन्देही औषधि व्यवसाय संघका अध्यक्ष सुरज भट्टराईको प्रमुख आतिथ्यता, नेपाल नियमित रक्तदाता संघका संरक्षक मृगेन्द्र कुमार शेरचनको विशिष्ट आतिथ्यता, संघका प्रमुख सल्लाहकार विमल बहादुर सार्की, सल्लाहकार सुरेन्द्र कुमार शाक्यको आतिथ्यता, सल्लाहकार लेखनाथ न्यौपाने, राजकुमार श्रेष्ठ, रुद्रहरि कुंवर, भीमसेन श्रेष्ठ, आर्थिक सल्लाहकार आन्नद कुमार श्रेष्ठ, नेपाल नियमित रक्तदाता संघका कोषाध्यक्ष दिपक अधिकारी, राजेश गैरे, मञ्जु गिरी, भाष्कर शाही, असेस सिलवाल, राजु रसाइली,चरङे युवा क्लबका अध्यक्ष विष्णु वाग्लेको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
टोल टोलमा रक्तदान, एक घर एक रक्तदाता, रक्तदान जीवनदान, जति धेरै रगत त्यति धेरै जीवन भने मुल मन्त्रलाई लिएर अगाडि बढेको र रक्तदान जस्तो पवित्र कार्यमा लाग्न बोल्ने वक्ताले बताए । स्वर्गीय बन्दिको अनुयायी भएको हरपल यस्ता कार्यक्रम प्रत्येक तीन तीन महिना रक्तदान गर्न युवाहरूलाई आग्रह गर्दै अगाडि जानुपर्ने कुरा बोल्ने बताए । नेपाल नियमित रक्तदाता संघलाई औषधि व्यवसायी संघबाट पूर्ण सहयोग रहने प्रतिबद्धता गरे ।
कार्यक्रममा नेपाल नियमित रक्तदाता संघका सदस्य तथा कार्यक्रम संयोजक दिपक अधिकारीको स्वागत तथा संघका महासचिव महेश खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij