२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

लुम्बिनी वाणिज्य क्याम्पसमा स्वायत्त कार्यक्रमहरुको सत्रान्त परीक्षा सुरु

सोमवार , कार्तिक १७, २०७७

बुुटवल, १७ कार्तिक । 
लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा संचालित स्वायत्त कार्यक्रमहरुको सत्रान्त परीक्षा सोमबारदेखि सुरु भएको छ । विद्यार्थीहरुको शैक्षिक क्यालेण्डरमा असर नपर्ने गरी स्वायत्त परीक्षा संचालक समिति लुम्बिनी वाणिज्य क्याम्पसको निर्णयानुसार भाद्र महिनामा सत्रान्त परीक्षा तालिका सार्वजनिक गरिएको थियो ।

पुर्व प्रकाशित परीक्षा तालिका वमोजिम सोमबारबाट स्नातकोत्तर तह एम.बी.ए.– वि.एफ. तेस्रो सत्रको कोरोना संक्रमणको सुरक्षाका अधिकतम उपायहरु अवलम्बन गर्दै, आवश्यक भौतिक दुरी कायम गरी परीक्षा सुरु गरिएको क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले जानकारी दिए ।

परीक्षा अगाडी परीक्षार्थीहरुको तापक्रम मापन गर्ने, मास्क वितरण गर्ने कार्य गरिएको र सामान्य समस्या भएका विद्यार्थीहरुलाई छुट्टै कोठामा राखी परीक्षामा सहभागी हुने प्रबन्ध मिलाइएको क्याम्पसले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुका प्रतिनिधि तथा स्वायत्त परीक्षा संचालक समितिका सदस्य सह–प्राध्यापक केशवराज शर्माको पर्यवेक्षण, स्वायत्त परीक्षा संचालक समिति सदस्यहरु प्रा.डा. ईश्वर गौतम, उप–प्राध्यापक माया आचार्यको उपस्थिति रहेकोे थियो । 

एकदिनमा एकतहको परीक्षा मात्र संचालन गरिने, परीक्षार्थीहरुको दुरी दुई÷दुई मिटर कायम गरिने, परीक्षा सकिएपछि परीक्षा कोठा निर्मलीकरण गरिने व्यवस्था मिलाइएको, विद्यार्थीहरुलाई मास्क अनिवार्य गराइएको, स्यानिटाइजर तथा हात धुने व्यवस्था मिलाइएको र विद्यार्थीहरुलाई परीक्षा सुरु हुनुपुर्व र पछि पनि समुहमा बस्न नपाउने जस्ता सुरक्षाका मापदण्डहरु लागु गरिएको क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले बताए ।

क्याम्पसद्धारा प्रकाशित परीक्षा तालिका अनुसार स्नातकोत्तर तह एम.वि.ए.वि.एफ. प्रथम  सत्रको परीक्षा  मंसिर ७ गतेदेखि, एम.बी.एस. फाइनान्स प्रथम सत्रको मंसिर १० गतेदेखि र स्नातक तह वि.वि.ए.–एफ.ए. दोश्रो सत्रको परीक्षा मंसिर ८ गतेदेखि सञ्चालन हुनेछन् ।