२०८३, आश्विन २५ गते

Oct 11 2026 | २०८३, आश्विन २५ गते

बाढीले बूढीगण्डकी जलविद्युत आयोजनाको क्याम्प भवन बगायो

आइतवार , आश्विन २५, २०८३

  • 181
    Shares
  • 181
    Shares
  • गोरखा, २५ असोज । आइतबार बिहान बुढीगण्डकीमा  नदीमा आएको आकस्मिक बाढीले निर्माणधीन बूढीगण्डकी जलविद्युत आयोजनाको क्याम्प भवन बगाएको छ ।आएको बाढीले ३४१ मेगावाट क्षमताको निर्माणाधीन बुढीगण्डकी हाइड्रोपावरको क्याम्प बगाएको छ । 

    आज बिहान आएको बाढीले आएको बाढीले ३४१ मेगावाट क्षमताको निर्माणाधीन बुढीगण्डकी हाइड्रोपावरको क्याम्प बगाएको छ । यता यारुखोलाको बेलिब्रिज र भवन बगाएको छ भने मुग्लिङसम्म जोखिम रहेको भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

     नदीमा आएको आकस्मिक बाढीले निर्माणधीन बूढीगण्डकी जलविद्युत आयोजनाको क्याम्प भवन बगाएको छ । गोरखाको चुमनुब्री गाउँपालिका–३ सल्लेरीस्थित ३४१ मेगावाटको अर्धजलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजनाको क्याम्प भवन बाढीले बगाएको हो ।

    बूढीगण्डकी नदीमा आइतबार बिहान करिब ५ बजेको समयबाट लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएका कारण तल्लो तटीय क्षेत्रमा जोखिम बढाएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतीका अनुसार बाढीको प्रभावबाट तल्लो तटीय क्षेत्रलाई जोगाउन सुरक्षा निकायलाई खटाइएको छ । बाढी त्रिशूली नदीमा मिसिने भएकाले तल्लो तटीय क्षेत्रसम्म सतर्कता आवश्यक देखिएको प्राधिकरणको भनाइ छ ।

    बाढी कसरी आयो र यसले के कस्तो क्षति गर्दै बगिरहेको छ भन्नेबारे कुनै जानकारी आइसकेको छैन ।