२०८३, आश्विन २५ गते

Oct 11 2026 | २०८३, आश्विन २५ गते

भैरहवाको सीसीडीमा रक्तदान, ४२ युनिट रगत संकलन

आइतवार , आश्विन २५, २०८३

  • 190
    Shares
  • 190
    Shares
  • भैरहवा, २५ असोज । रुपन्देहीको भैरहवास्थित चिया कम्फोर्ट डाइन (सीसीडी)मा आयोजित रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको छ ।

    सिद्धार्थनगर नगरपालिका–७, आवारोडस्थित सीसीडीमा शनिबार तिलोत्तमा रक्तदाता समाज, रुपन्देही, सीसीडी, सेभ फ्युचर नेपाल र लियो क्लब अफ भैरहवाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

    WhatsApp Image 2026-10-10 at 2.33.40 PM.jpeg

    कार्यक्रमको सहआयोजकमा लायन्स क्लब अफ भलवारी, लियो क्लब अफ सिद्धार्थनगर सेभियर्स, ओमेगा फिटनेस र इनरह्वील क्लब अफ लुम्बिनी रहेका थिए ।

    ‘रक्तदान जीवनदान’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम आयोजना गरिएको सीसीडीका सञ्चालक सीए आनन्द यादवले बताउनुभयो । मानव जीवन बचाउन आवश्यक रगत संकलनमा थोरै भए पनि योगदान पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।

    नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाअन्तर्गत रक्तसञ्चार सेवा एकाइ, सिद्धार्थनगरको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।

    यसैबीच, चिया कम्फोर्ट डाइन (सीसीडी)ले शनिबार चर्चित गायक तथा मोडल दुर्गेश थापालाई स्वागत गरेको छ ।

    ddwwww.JPG

    चेम्बर अफ कमर्स, रुपन्देहीले आयोजना गरेको सिद्धार्थ सडक खाना महोत्सवमा सहभागी हुन भैरहवा आउनुभएका थापालाई सीसीडीमा स्वागत गरिएको हो ।