२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

काठमाडौं वल्ड स्कुलद्वारा बुटवल र भैरहवामा शैक्षिक अन्तरक्रिया, नेपाल टुर अभियान लिएर देशभर पुग्ने

शनिवार , चैत्र १२, २०७८

भैरहवा। काठमाडौं वल्ड स्कुलद्वारा संचालित शिक्षाको विकासका लागि नेपाल टुर अभियानले बुटवल र भैरहवामा शैक्षिक अन्तरक्रिया  कार्यक्रम गरेको छ। 

भक्तपुरको सुर्यविनायक ७ गुण्डुमा रहेको काठमाडौं वल्ड स्कुलले शुक्रबार रुपन्देहीको बुटवल र भैरहवामा कार्यक्रम गर्दै स्कुलका संचालक तथा सरोकारवालाले शिक्षा पणालीलाई परिस्कृत गर्दै सैद्धान्तीक सहित व्यवहारिक शिक्षा प्रदान गर्नु पर्नेमा जोड दिएका थिए। 

कार्यक्रममा बोल्दै स्कुलका अध्यक्ष ई. मिथलेस कुमार झाले अहिलेका बालबालिकाको प्रतिस्पर्धा नेपालका बालबालिकासंग मात्र नभई विश्वभरका बालबालिकासंग हुने भएकोले त्यही अनुसार तयार गर्दै जानुपर्ने धारणा राखे। झाले सुचना प्रबृधि क्षेत्रमा धेरै भविष्य भएकोले त्यो तर्फ अभिभावकहरूले पनि ध्यान दिन आवश्यक रहेको बताए। उनले सन २०५० सम्ममा शिक्षामा नया ट्रेन्ड आउने बताउदै समय परिवेश अनुसार आफुलाई तयार गर्नुपर्नेमा जोड दिए।

कार्यक्रम काठमाडौ वल्ड स्कुलका प्रीन्सिपल केशर खुलालले आफ्ना सन्तान सफल भए मात्र अभिभावक सन्तुष्ट हुने बताउदै बालबालिकाको शिक्षामा लगानी गर्न पछाडि पर्न नहुनेमा जोड दिए। आफ्ना सन्तानको भविश्यकालागि अभिभावकहरूले सहि समयमा सहि निर्णय गर्नुपर्ने बताउदै त्यसका लागि काठमाडौ वल्ड स्कुल सहि गन्तव्य भएको बताए। 

सो स्कुल नेपालमा सबैभन्दा बिशिष्टकृत स्कुलका रुपमा बिगत ५ बर्षदेखि सञ्चालनमा रहेको छ। उनले विद्यार्थीको राम्रो भविश्यका लागि काठमाडौ वल्ड स्कुल सफल भएकाले अविभावकलाई छोराछोरी पठाउन आग्रह गरे। 

IMG_20220325_172815.jpg

बिद्यालय भित्र प्रबेश गरेपछि बिद्यार्थीका लागि आबश्यक सैद्धान्तीक, व्यवहारिक ज्ञानका साथै बिद्यार्थीका रुची अनुसार खेल क्षेत्र तथा संगीत क्षेत्रमा आफुलाई अब्बल सावित गर्न सक्ने त्यसका लागि अतिरिक्त शुल्क नलाग्ने जानकारी दिए। 

अन्तरक्रियात्मक कार्यक्रममा रुपन्देहीका शैक्षिक क्षेत्रका सरोकारवाला, उद्योगी, व्यवसायि, पत्रकार तथा अभिभावकहरुको सहभागिता रहेको थियो। 
कार्यक्रममा सहभागिहरुले बिद्यालयका बारेमा थप जानकारी लिनका लागि बिद्यालयमै आउने बताएका थिए। 

आधुनिक सिकाईको माध्यमबाट विद्यालय हाताभित्रै स्वीमिङ पूल, बगैंचा, खेल मैदान, संगित कक्षा लगायतका सुविधा सम्पन्न आधुनिक भौतिक संरचनामा कक्षा संचालन गरेको स्कुलले जनाएको छ। सो स्कुलमा एक बिद्यार्थीको मासिक शुल्क ५० हजारदेखि माथि रहेको बिद्यालयले जनाएको छ। 

कार्यक्रमको सञ्चालन आविष्कार पराजुलीले गरेका थिए। बुटवल र भैरहवाको कार्यक्रम भब्य रुपमा सफल भएको कार्यक्रममो संयोजन गरेको ड्रीम हाई नेपालका प्रमुख कमल जिसिले उल्लेख गरे। स्कुलले आज दिउसो ३ बजे चितवनमा पनि कार्यक्रम गर्दै छ।