२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

पोखरामा बुटवलका खेलाडीलाई ६ पदक

शुक्रवार , चैत्र ११, २०७८

बुटवल, ११ चैत ।
पोखरामा सम्पन्न मनुश्री/बिग्नाश्री जेटीआई खुल्ला जुनियर टेनिस प्रतियोगिता २०२२ मा बुटवलका जुनियर खेलाडीहरुले ६ पदक हात पारेका छन । मनुश्री/बिग्नाश्रीको सहयोगमा कास्की जिल्ला लन टेनिस संघको आयोजनामा बिहीबार भएको अन्तिम दिनको खेलमा १ स्वर्ण, दुई रजत र ३ कास्य पदक हात पारेका छन् । 

प्रतियोगिता अन्तरगत १२ वर्षमुनी उमेर समूहमा बिज्रेश अर्यालले स्वर्ण पदक हात पारेका छन । त्यसै गरी ९ वर्ष मुनि उमेर समहमा निश्चल ज्ञवाली र १० वर्ष मुनी संघर्ण फौदारले रजत पदक हात पारेका छन । प्रतियोगिताकै ८ वर्ष मुनी उमेर समूहमा निर्जल टण्डन, ९ वर्ष मुनि उमेर समूहमा संघर्ण फौदार र १० वर्ष मुनी उमेर समुहमा सन्दिप जिसीले कास्य पदक हात पारेका छन् । 

सबै खेलाडीहरु बुटवलस्थित न्यू होराइजन बोर्डिङ स्कूलमा अध्ययरत छन् । नियमित अभ्यासको कारण रुपन्देहीका जुनियर खेलाडीको प्रदर्शन राम्रो रहेको प्रशिक्षक विकास खड्काले बताए । चैत ७ गतेदेखि सुरु भएको प्रतियोगितामा देशभरबाट १ सय ३५ जना सहभागी रहेका थिए । एक समारोहकाबीच विजेता, उपविजेता खेलाडीहरुलाई मन्जुश्री बिग्नाश्रीका संरक्षक कुमार मन बहादुर शाही, कास्की जिल्ला लन टेनिस संघका उपाध्यक्ष नबिन चालिसेले पुरस्कार वितरण गरेका थिए ।