images

शनिवार, बैशाख २२ गते २०८१

रामग्राम नगरपालिकाको वडावडामा स्वास्थ्य सेवा विस्तार 

रामग्राम नगरपालिकाको वडावडामा स्वास्थ्य सेवा विस्तार 

images
images
images
शुक्रवार, चैत्र ११ २०७८
शुक्रवार, चैत्र ११ २०७८
  • रामग्राम नगरपालिकाको वडावडामा स्वास्थ्य सेवा विस्तार 

    परासी, ११ चैत । 
    रामग्राम नगरपालिकाले सबै वडामा स्वास्थ्य उपचार सेवा पुर्याएको छ । आफनो नगरबासीहरुलाई प्रभावकारी स्वास्थ्य उपचार सेवा प्रदान गर्न नगरपालिकाले ९ वटा वडामा आधारभुत स्वास्थ्य केन्द्र सञ्चालन गरेको छ भने अरु वडामा रहेका स्वास्थ्य चौकीहरुलाई स्तरउन्नति गर्दै सेवा प्रदान गरिरहेको छ । 

    images
    images
    images

    बिहीबार नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले वडा नम्बर १ को सण्डामा, वडा नम्बर ६ को पोखरापाली र वडा नम्बर ९ को जोकवारमा नवनिर्मित भवनसहित आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरी सेवा सुचारु गराएका छन् । 

    नगरप्रमुख गुप्ताले औपचारिक रुपमा कार्यक्रम सञ्चालन गराई ती ३ वटै आधारभूत स्वास्थ्य केन्द्रको उद्दघाटन गर्दै ती वडाका वडाबासीहरुले ति केन्द्रबाटै उपचार सेवा लिन लिई लाभ लिन आग्रह गरे । सम्बन्धित वडाका वडा अध्यक्षहरुको अध्यक्षतामा भएको उद्दघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नगरप्रमुख गुप्ताले स्वास्थ्य क्षेत्र अतिसंवेदनशिल क्षेत्र रहेकाले नगरका सबै नागरिक आफनो घरदैलोमै आधारभुत उपचार पाउनुपर्ने उद्देश्यका साथ सबै वडाहरुमा प्रभावकारी सेवा प्रदान गर्न ती स्वास्थ्य केन्द्रहरु स्थापना गरिरहेको बताए । उनले स्वास्थ्य क्षेत्रको विस्तारले ती वडाका वडाबासीहरु, अरु वडाका स्वास्थ्य चौकी तथा बजार मेडिकल र अस्पतालमा गएर औषधी उपचार लिने समस्या सामाधान भएको र यस स्वास्थ्य केन्द्रहरुबाट सेवा लिई लाभ लिन वडाबासीहरुमा आग्रह गरे ।

    नगरपालिकाले विगत ५ बर्षको दौरानमा वडा नम्बर १, २, ४, ६, ९, १२, १३ र १५ मा गरी कुल ९ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको छ । ती स्वास्थ्य केन्द्रहरुमा पनि प्रसुतीबाहेकका सबै प्रकारका उपचार सेवा र औषधीहरु वितरण हुने स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट सुरज गौतमले जानकारी दिए । उनका अनुसार ती केन्द्रहरु हेल्थ असिस्टेन्टको नेतृत्वमा एकजना स्टाफ नर्स, एकजना कार्यालय सहयोगीसहितको जनशक्ति रहेको छ भने अबका दिनबाट कोभिड–१९ लगायतका नियमित खोप र कार्यक्रमहरु पनि सञ्चालन हुने गौतमले जानकारी दिए । केही बाँकी रहेका स्वास्थ्य केन्द्रहरुको पनि केही दिनमै उद्घाटन गरी सेवा सुचारु गर्ने नगरपालिकाले जनाएको छ । 

    नगरपालिकाले ‘जेष्ठ नागरिक’ सँग मेयर कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण र औषधी वितरणका कार्यहरु पनि गर्दै आएको छ भने सुत्केरीहरुलाई पोषण खाद्यपदार्थ, गर्भवतिहरुलाई आईरन, क्याल्सियम लगायतका भिटामिनका औषधीहरु वितरण गर्दै आएको छ ।  

    पोखरा पाली आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन कार्यक्रममा विशेष अतिथि नगर उपप्रमुख रम्भा कुँवरले पनि यस स्वास्थ्य केन्द्रहरुबाट यहाँका नागरिकले प्रत्यक्ष रुपमा स्वास्थ्य लाभ लिने विश्वास व्यक्त गरे । 

    कार्यक्रममा वडा अध्यक्ष जितेन्द्र प्रसाद अग्रहरी, सुक्रौली स्वास्थ्य चौकीका इञ्चार्ज सिअहेब अधिकृत बलराम सापकोटा, उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेश गुप्त, समाजसेवी बुद्धन अलि लगायतले नगरपालिकाद्वारा विस्तारित स्वास्थ्य क्षेत्र जनताका लागि निकै लाभदायी रहेको विश्वास व्यक्त गरे । स्वास्थ्य क्षेत्रमा रामग्राम नगरपालिका अव्वल नगरपालिका रहेको यसको व्यवस्थापनमा पनि जनप्रतिनिधि र कर्मचारीले गम्भीरतापूर्वक ध्यान दिइरहेको पाइएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij