images
images

शनिवार, जेठ ५ गते २०८१

भनभने महिमा – खास के महिमा रहेको छ ?

भनभने महिमा – खास के महिमा रहेको छ ?

images
images
images
शुक्रवार, चैत्र ४ २०७८
शुक्रवार, चैत्र ४ २०७८
  • भनभने महिमा – खास के महिमा रहेको छ ?

    - विष्णु घर्ती ‘भनभनेली’
     
    - एउटा पञ्चायत, एउटा गाविस, एउटा वडाको बारेमा अहिलेसम्मकै ठूलो आकारको, ४२० पेजमा समेटिएको, रंगीन छपाई भएको, विभिन्न फरकफरक तथ्य, महत्व एवं दृष्टिकोणले भरीपूर्ण यस बृहत स्मारिकामा भनभनेको बारेमा विस्तृत रूपमा उल्लेख गरिएको छ ।

    images
    images
    images

    - १२६ वर्ष पहिलेदेखि नै वि.सं. १९५० को दशकमा प्यूठान स्वर्गद्वारीका महाप्रभु हंसानन्द विशेष दिनमा स्नान गर्न आउने स्थल, पावन पनाहा (सुनभद्रा) नदीको किनारमा अवस्थित दोस्रो स्वर्गद्वारी धाम अस्कुनाको ऐतिहासिक महत्त्व वा महिमा पश्चिम गुल्मी, उत्तर–पश्चिम अर्घाखाँची, पूर्वी प्यूठान र दक्षिण बाग्लुङ्गको क्षेत्रसम्म फैलिएको कुरा जान्न र बुझ्न ।

    - राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा ख्यातीप्राप्त भनभनेका राजनैतिक, धार्मिक, न्यायीक, प्रशासनिक तथा सामाजिक रूपमा अव्वल सावित भएका अभियन्ताहरूको बारेमा संक्षिप्त जानकारी लिन ।

    - डाँडाथोक र टिमुरखर्क मौजा, जयन्तीपुर एवं भनभने गाउँ पञ्चायत, भनभने गाविस र मदाने गाउँपालिकाको ७ नम्बर वडासम्म आइपुग्दाका यहाँको ऐतिहासिक, शैक्षिक, आर्थिक, सांस्कृतिक, व्यवशायिक आदि क्षेत्रका गतिविधिका बारेका विभिन्न तथ्यहरू प्रस्तुत गरिएको छ ।

    - भनभनेको भौगोलिक बनावट, यहाँको विशेषता, प्राकृतिक सौन्दर्य, मनोरम वातावरण एवं विभिन्न कृषि उपजको भरपुर उत्पादन स्थलको रूपमा परिचित भएको कुरा जानकारी पाउन ।

    - विभिन्न क्षेत्र वा विषयका विशेषज्ञहरूले फरक फरक कोण र आयामबाट भनभनेको महिमाको गहनतम तरिकाले चिरफार गर्नु भएको प्रसंगबाट अधिक मात्रामा प्रेरणा प्राप्त गर्न सकिन्छ ।

    - भनभनेको भूगोलसँग आत्मिय सम्बन्धमा रहनु भएका विशिष्ट व्यक्तित्वहरू ः बामदेव क्षेत्री घिमिरे, चिरञ्जीवी भण्डारी, ऋषि आजाद, जंग बहादुर श्रीस, थानेश्वर खनाल, छन्द बहादुर पहराई, तारा बहादुर राउत क्षेत्री, चक्रपाणि घिमिरे, अर्जुन कुँवर, झविन्द्र भण्डारी, शम्भु प्रसाद पन्थी, देवेन्द्र कुँवर लगायतबाट भनभनेको हिजो, आज र भोलिको भूमिका, महत्त्व र आवश्यकताका बारेमा औल्याउनु भएको विषयलाई अनुसरण गर्न सकिने अवस्था रहेको छ ।

    - वि.सं. १९४० मा भनभनेलीले सिर्जना गरेका, वि.सं. १९६१ र वि.सं. १९७५ साल उल्लेख गरिएका भनभनेसँग सम्बन्धित् हस्तलिखित सामग्रीका बारेमा थप खोज अनुसन्धान गरी सो को महिमा जान्ने र बुझ्ने अवसरको शुरुवात गरिएको छ ।

    - संसारका कुनै पनि कुनामा लगेर वा मागेर वा पठाएर छापिएको पुस्तक वा डिजिटल प्रतिबाट यहाँका मूख्य स्थानको बारेमा सचित्र अवलोकन र विस्तृत रुपमा ज्ञान आर्जन गर्न सकिने छ ।

    - भनभनेबाट रुपन्देही, कपिलवस्तु, नवलपरासी, दाङ, पाल्पा, चितवन, कास्की, काठमाडौं, भक्तपुर, ललितपुर लगायतका विभिन्न जिल्ला तथा विदेशका धेरै देशहरूमा भनभनेको कृतिसुकृति र स्वःपहिचान फैलाउने सुपात्रका सफलता बारेमा जान्न सकिन्छ ।

    - साहित्य, संगित, कला, गलाका क्षेत्रमा भनभनेलीहरूले पु¥याएको योगदान तथा विभिन्न विषयका कृति, पुस्तक, एल्बम् आदि तथा सर्जक, श्रष्टाहरूको विवरण प्राप्त गर्न ।

    - रुपन्देही, कपिलवस्तु, दाङ, नवलपरासी, काठमाडौं, ललितपुर, भक्तपुर, विदेश, भारतलगायतका स्थानमा बसोवास गर्ने भनभनेली तथा गैरभनभनेलीहरूबाट दीपक मा.वि. र अस्कुना मन्दिरलाई आर्थिक सहयोग गर्ने महानुभावहरूको विवरणका बारेमा बुझ्न सकिन्छ ।

    - विभिन्न राजनैतिक दलमा क्रियाशील तथा निर्वाचित जनप्रतिनिधिहरू, पी.एच्.डी. डिग्री प्राप्त व्यक्तित्वहरू, मेडिकल डाक्टरहरू, इन्जिनियरहरू, सर्वत्र छरिएका राष्ट्रसेवक सरकारी तथा गैरसरकारी कर्मचारीहरू, शिक्षक शिक्षिकाहरू, व्यवसायीहरू एवं समाजसेवीहरूसँग सम्पर्क राख्न र उहाँहरूका बारेमा जान्न सकिने प्रसस्त आधारहरू राखिएका छन् ।

    - भनभनेबाट विभिन्न जिल्लाहरूमा स्थायी वा अस्थायी रुपमा बसोबास गरी अनेक पेशा व्यवशायमा आवद्ध भनभनेलीहरूको साझा मञ्च सम्पर्क समाज तथा विकास समाजहरूले भनभने र भनभनेलीहरूका लागि गरेको योगदानका बारेमा बुझ्न सकिने अवस्था छ ।

    - भनभने क्षेत्रको खास महिमा वा महत्त्व के रहेको छ भनी विभिन्न विधाहरूमा विश्लेषण गरिएका तथ्यगत र तर्कगत प्रसंगहरूलाई सुक्ष्म ढङ्गबाट जानकारी लिन सकिन्छ ।

    - समग्र भनभनेको सकेसम्म सबै क्षेत्र, वर्ग, समुदाय, भूगोल, राजनीति, संस्कार, संस्कृति, धर्मकर्म, चालचलन, अनुभव, अनुभूति, ऐतिहासिक तथ्य÷तथ्याङ्क, योगदान, आर्थिक, सामाजिक, शैक्षिक, भौतिक अवस्था विगत भन्दा विगत र आजसम्मलाई पहिल्याउने कोशिष गरिएको छ ।

    - एउटा सानो स्थानमा भए गरेका काम कारवाहीले राष्ट्रिय, अन्तर्राष्ट्रिय तहसम्म कति ठूलो योगदान पुर्याउन सक्छ र त्यहाँका व्यक्तित्वले निर्वाह गरेको भूमिकाको सकारात्मक महिमाको सन्देश कतिसम्म फैलिएको छ भनी आँकलन गर्न सकिने स्थिति रहेको छ ।

    - अहिले धेरैले ठूला ठूला कामहरू गरेका छन् भनिन्छ । हामीले आफ्नो गाउँ, ठाउँका साना साना कुरा गरेका छौँ । आफ्नो गाउँको समृद्धिको कुरा अघि सारेका छौँ । झिल्को ठूलो हुनु पर्दैन । हरेक साना गाउँ र स–साना कुरामा समृद्धि ल्याउँन सकेमा त्यही झिल्को नै आखिरमा समग्र देशको समृद्धि बन्नेछ र सुखी नेपाली बन्ने आधार तय गर्नेछ ।

    - भनभनेका लागि हालसम्म तयार भएका भनभनेको झलक–२०६२, विधान र विविध–२०७४, विधान, सम्पर्क र गतिविधि–२०७५ का बारेमा बुझ्दै सकारात्मक सन्देश प्रवाह गर्न सकिने छ ।

    - विभिन्न कोणबाट यस भनभने महिमामा समेटिनु भएका विशिष्ट व्यक्तित्वहरूप्रति म सदा ऋणि छु । उहाँहरूप्रति नमन गर्दछु । आदर प्रकट गर्दछु । सम्मान व्यक्त गर्दछु । मेरो सम्पर्कमा आउनु भएका सबै भनभनेली महानुभावहरूमा पुनः हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछु ।

    - साथै यस महाअभियानमा प्रयास गर्दागर्दै छुट्नु भएका तथा हाम्रो जानकारीमा आउन नसक्नु भएका आम भनभनेली महानुभावहरू पनि आगामी दिनका विभिन्न कदमहरूमा पक्कै एकाकार हुनेछौँ भन्ने आशा एवम् विश्वास लिइएको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij