२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

सडकमा देखिएका जेन–जीभन्दा काँग्रेसका जेन-जी क्षमतावान छन् : प्रतिमा गौतम

बिहिवार , मंसिर ११, २०८२

  • 304
    Shares
  • 304
    Shares
  • काठमाडौं, ११ मंसिर । नेपाली काँग्रेसकी केन्द्रिय सदस्य प्रतिमा गौतमले हाल जेन–जीको नाममा मुभमेन्ट चलाउनेहरु भन्दा काँग्रेसमा भएका जेन–जीहरु धेरै क्षमतावान भएको बताउनुभएको छ ।

    स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपाल राष्ट्रिय अधिवेशनमा बौल्दै उहाँले यस्तो बताउनुभएको हो । काँग्रेसको जेन–जी भनेको नेपाल विद्यार्थीसंगमा आवद्ध भएका २८ वर्ष मुनिका विद्यार्थी रहेको उहाँले बताउनु भयो ।

    उहाँले हाल चर्चामा रहेका जेन–जीहरुमा राजनीतिक चेतना कमजोर भएको बताउनुहुँदै काँग्रेसमा भएका जेन–जीहरु धेरै काविल र क्षमतावान भएको दाबी गर्नुभयो । पार्टीभित्र जेन–जीको क्षमतलाई उपयोग गर्ने र अवसर दिने दुवै काम हुने उहाँको भनाई छ ।

    उहाँले पछिल्लो समय देशको परिस्थिति बदलिएकोले पार्टी र देश निर्माणको अभिभारा युवा विद्यार्थीमा आएको बताउनु भयो । उहाँले पार्टीमा पनि धेरै कुराहरु बदल्न बाँही रहको उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘२८ वर्ष मुनीका नेपाल विद्यार्थी संगबाट आवद्ध भएर तपाईहरुले स्वतन्त्र विद्यार्थी युनियनमा जित्नुभएको छ । खास कांग्रेसको जेन–जी  तपाईहरु नै हो । तपाईहरुमा ठूलो अभिभारा छ, तपाईहरु काविल हुनुहुन्छ ।

    अहिले देखेका जेनजीहरु हेर्नुस् । अहिले एउटा बोल्छन्, एकछिनमा अर्को बोल्छन् । राजनितिक चेत अझै नभएको हुनाले, संगठित नभएको हुनाले धेरै कुरामा उनीहरुको कमजोरी छ । तर पार्टीभित्रका जेन–जी साथीहरु तपाईहरु क्षमतावान हुनुहुन्छ, काविल हुनुहुन्छ । तपाईहरुको यो काविलतालाई पार्टीले प्रयोग गरेर तपाईहरुलाई उत्साह प्रदान गर्नेछ ।

    तपाईहरु पार्टीप्रति प्रतिवद्ध भएर लाग्नुभयो भने पार्टीले पनि तपाईहरुलाई अवसर दिनेछ । आज देखिएका जेन–जी भन्दा तपाईहरु कोही पनि कमी हुनुहुन्न ।’

    नेपाली काँग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले सबै पुस्ता मिलेर देश निर्माणमा लाग्नुपर्ने बताउनु भयो । उहाँले फागुन २१ गते हुने निर्वाचनमा पार्टी नयाँ धारणाकासाथ जनतामा जाने उल्लेख गर्नुहुँदै नेपाल विद्यार्थी संघ पनि वास्तविक जेन–जी आफूहरु भएको दाबी गर्दै निर्वाचनमा लाग्नुपर्ने बताउनु भयो ।