भैरहवा, ११ मंसिर । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालको मेडिकल सुपरीटेण्डेण्ट (मेसु) डा. वर्षा थापाले पदभार ग्रहण गर्नुभएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालबाट भीम अस्पतालमा सरुवा हुनुभएकी डा.थापाले पदभार ग्रहण गर्नुभएको हो ।
बिहीबार एक कार्यक्रमकाबीच उहाँलाई अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्मा, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले स्वागत तथा सम्मान गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै डा. थापाले आफूले यसअघि सबैको साथ र सहयोगबाट अघि बढने बताउनुभयो । उहाँले अस्पतालको विकास र सेवाग्राहीलाई कसरी राम्रो र गुणस्तरीय सेवा दिने भन्नेतर्फ लागिपर्ने बताउनुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष डा. शर्माले भीम अस्पतालको विकासका लागि सहकार्य गरेर अघि बढने बताउनुभयो । अस्पतालका व्यवस्थापक छम बहादुर अधिकारी (सुरेन्द्र) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।