२०८३, बैशाख २३ गते

May 06 2026 | २०८३, बैशाख २३ गते

दुई वर्षपछि झुम्यो होलीमा भैरहवा (फोटो फिचर) 

शुक्रवार , चैत्र ४, २०७८

  • 6.4K
    Shares
  • 6.4K
    Shares
  • भैरहवा, ४ चैत ।

    रुपन्देहीमा दुई वर्षपछि उल्लासमय तरिकाले होली पर्व मनाईएको छ। होली अर्थात फागु पुर्णिमा तराईका विभिन्न जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइएको छ। 

    बिगतका दुई कोभिडका कारण उल्लासपुर्वक रुपमा होली मनाउन नपाएका रुपन्देहीबासीले यसपटकको होली मन खोलेर मनाएका छन्। 

    IMG_6507.JPG

    हिजो बिहिबार काठमाण्डौ उपत्यका लगाएत पहाडी जिल्ला र हिमाली क्षेत्रमा मनाइएको थियो भने शुक्रबार तराईका जिल्लामा होली मनाईएको छ। कोरोना संक्रमणका कारण हर्षोल्लासका साथ होली मनाउन नपाएका सर्वसाधरणहरु यस वर्ष झुमेर पर्व मनाए। 

    holi lpc.jpg

    भैरहवामा लुम्बिनी प्रेस क्लबसहित विभिन्न संघ-सस्थाको आयोजनामा विभिन्न चोकमा सांगीतिक कार्यक्रम गर्दै तथा एकआपसमा मित्रता, आत्मीयता, र सद्घाव दर्शाउन साथीभाईहरुलाई अबिर तथा रङ लगाई होली पर्व मनाएका छन्। 

    holi jci.jpg

    कोरोनाका कारण थला परेको होटलहरुमा समेत होली मिलन कार्यक्रमले रौनक थपेको थियो। 

    IMG_6538.JPG
    IMG_6520.JPG