
बुधवार , चैत्र २, २०७८
भैरहवा, २ चैत ।
नेपाल नेत्र ज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान श्री रण अम्बिका शाह आँखा अस्पताल, भैरहवाको आयोजनामा एकदिने न्यून दृष्टि आँखा जाँच कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
कपिलवस्तुको भेलाइस्थित श्री स्मारक मा.वि र अर्घाखाँचीको सन्धिखर्क श्री युवावर्ष जनता रविचित्र मा.वि.मा आँखा परीक्षण कार्यक्रम सम्पन्न भएको श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाका सूचना अधिकारी प्रतीक पाण्डेले बताए । न्यून दृष्टि दोष भएका ९ र दृष्टि दोष भएका २६ जनाको निःशुल्क आँखा जाँच गरी निःशुल्क चश्मा समेत वितरण गरिएको पाण्डेले जानकारी दिए ।
सो अवसरमा नेत्र रोग विशेषज्ञ हरि बहादुर थापा र बाह्य कार्यक्रम निर्देशक संजीव अधिकारीले स्थानीयको आँखा परीक्षण गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij