२०८२, आश्विन ३ गते

Sep 19 2025 | २०८२, आश्विन ३ गते

गृह जिल्लामा गृहमन्त्रीलाई जनमत पार्टीका कार्यकर्ताले देखाए कालोझण्डा

शनिवार , फाल्गुण २८, २०७८

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • भैरहवा, २८ फागुन ।
    डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले गृहमन्त्री बालकृष्ण खाँणलाई गृह जिल्ला रुपन्देहीमा कालोझण्डा देखाएका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले रोहिणी गाउँपालिका–३ स्थित धकधईमा शनिबार आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा गृहमन्त्री खाँणलाई कालोझण्डा देखाइएको हो ।

    पार्टीले उठाउँदै आएका किसानको माग सरकारले सम्बोधन नगरेकाले गृहमन्त्रीलाई धकधईमा कालोझण्डा देखाइएको जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले बताए ।