शनिवार , फाल्गुण २८, २०७८
भैरहवा। रोटरी क्लव अफ रुपन्देही र रोट्याक्ट क्लव अफ रुपन्देहीको आयोजनामा भएको सातौं कर्पोरेट फुटसल प्रतियोगिताको उपाधी मुक्तिनाथ बिकास बैंकले जितेको छ।
तिलोत्तमाको युनिक फुटसल मणिग्राममा भएको प्रतियोगितामा साविकको बिजेता मेगा बैंक लिमिटेडलाई हराउदै मुक्तिनाथले उपाधी जितेको हो।
२० मिनेटको खेलमा दुबै टिमले १÷१ गोल गरेपछि पनाल्टी सुट आउटमा मुक्तिनाथले मेगालाई पछि पारेको हो।
पेनाल्टीमा मुक्तिनाथले ७ गोल गरेको थियो भने मेगाले ६ गोल हानेको थियो। बैकरहरुको सहभागिता रहेको प्रतियोगितामा रुपन्देहीका छ वटा टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक हरि लम्सालले जानकारी दिए।
प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको रोटरी क्लव अफ रुपन्देहीका अध्यक्ष रामप्रसाद खरेलले जानकारी दिए।
प्रतियोगिताको रनरअपले ३० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको रोट्याक्ट क्लव अफ रुपन्देहीका अध्यक्ष सन्दिप पाण्डेले जानकारी दिए।
प्रतियोगितामा मुक्तिनाथका क्षितिज कार्की उत्कृष्ट खेलाडि घोषित भए। उनले नगद रु ५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको रोट्याक्ट क्लव अफ रुपन्देहीका आईपिपि मिलन भण्डारीले जानकारी दिए।
बैकरहरुका वीचमा आपसी भाईचारा कायम गर्दै खेल प्रबद्धन गर्न आयोजना गरिएको प्रतियोगितामा विजेता, उपबिजेता र उत्कृष्ट खेलाडिलाई नगद सहित शिल्ड र प्रमाणपत्र रोटरी ईन्टरनेश्नल ३२९२ एसिस्टेन्ट गर्भनर राजकुमार गुप्ताले प्रदान गरेका थिए।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij