
बिहिवार , फाल्गुण २६, २०७८
भैरहवा, २६ फागुन ।
भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.ले १ हजार ७ सय ९९ रुपैयाँमै ‘किड्नी हेल्थ प्याकेज’ को व्यवस्था गरेको छ । मृगौलासम्बन्धी रोग पत्ता लगाउन उक्त प्याकेज ल्याइएको हस्पिटलले जनाएको छ ।
विश्व मृगौला दिवसको अवसरमा फागुन २६ गतेदेखि चैत २६ गतेसम्म एक महिनाका लागि ४ हजार १ सय ५० मा पर्ने प्याकेजलाई १ हजार ७ सय ९९ रुपैयाँमै प्रदान गरिने सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए । यो प्याकेजअन्तर्गत सीबीसी, सोडियम, पोटासियम, ब्लड सुगर, लिपिड प्रोफाइल (टी.जी.), युरिन आर/इ, युरिया क्रेटिनाइन, युरिक एसिड, भिडियो एक्स–रे, एकपटक डाक्टर परामर्श उपलब्ध हुने उनले जानकारी दिए ।
उच्च रक्तचाप, मधुमेह भएका, धेरै औषधी सेवा गर्ने, धुम्रपान तथा मद्यपान गर्ने, बढी वजन भएका, परिवारका सदस्यहरुमा मृगौला तथा पिसाबसम्बन्धी समस्या भएका व्यक्तिहरु प्याकेजको लक्षित समूहमा पर्ने पौडेलले बताए ।
‘अस्पतालले मृगौला रोगसम्बन्धी रोग तथा डाईलाईसिस सेवा वरिष्ठ मृगौला रोग विशेष डा. सुवोध कुमार पाण्डेद्वारा नियमित रुपमा प्रदान गर्दै आइरहेको छ, ’उनले भने । २०६८ भदौ महिनामा १५ शैयाबाट स्वीकृति लिइ सेवा शुभारम्भ गरेको सिद्धार्थनगर सिटी हस्पिटल हाल १ सय शैयामा स्तरवृद्धि भइ आफ्नै भवनमा सेवा सञ्चालन गर्दै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij