२०८२, पौष २८ गते

Jan 12 2026 | २०८२, पौष २८ गते

रोटरी र रोट्याक्टले कर्पोरेट फुटसल प्रतियोगिता गर्दै 

बिहिवार , फाल्गुण २६, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा। रोटरी क्लव अफ रुपन्देही र रोट्याक्ट क्लव अफ रुपन्देहीको आयोजनामा सातौं कर्पोरेट फुटसल प्रतियोगिता हुने भएको छ। तिलोत्तमाको युनिक फुटसल मणिग्राममा बैकरहरुको सहभागितामा फागुन २८ गते शनिवार कर्पोरेट फुटसल प्रतियोगिता हुने भएको हो। 

    प्रतियोगितामा रुपन्देहीका आठ बटा टिमको सहभागी हुने प्रतियोगिता संयोजक हरि लम्सालले जानकारी दिए। प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने रनरअपले ३० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने रोटरी क्लव अफ रुपन्देहीका अध्यक्ष रामप्रसाद खरेलले जानकारी दिए। 

    प्रतियोगितामा सहभागी उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार  शिल्ड, मेडल र प्रमाणपत्र दिईने रोट्याक्ट क्लव अफ रुपन्देहीका अध्यक्ष सन्दिप पाण्डेले जानकारी दिए। बैकरहरुका वीचमा आपसी भाईचारा कायम गर्दै खेल प्रबद्धन गर्न आयोजना गरिएको प्रतियोगितामा रोटरी ईन्टरनेश्नल ३२९२ का डिष्ट्रिक गर्भनर नोमिनी राजेन्द्र ध्वजु र एसिस्टेन्ट गर्भनर राजकुमार गुप्ताको आतिथ्यता रहने छ।