२०८२, पौष २८ गते

Jan 12 2026 | २०८२, पौष २८ गते

पत्रकार नेपाल र ढकाललाई जीपी कोईराला पत्रकारिता पुरस्कार

मंगलवार , फाल्गुण २४, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • बुटवल। नेपाल प्रेस युनियन रुपन्देहीले प्रदान गर्दै आएको जिपी कोईराला पत्रकारिता पुरस्कारबाट रुपन्देहीका दुई जना अग्रज पत्रकार पुरस्कृत तथा सम्मानीत भएका छन्। 

    लामो समयदेखि बुटवललाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएको पत्रकार माधब नेपाल र हरिष ढकाल जिपी कोईराला स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानीत भएका हुन्। 

    पत्रकारद्वय नेपाल र ढकाललाई गृहमन्त्री बालकृष्ण खाँणले एक कार्यक्रमका बीच मंगलबार नगद २५ हजारसहित पुरस्कृत गरेका हुन्। पत्रकार ढकाल जीपी कोईराला स्मृति पत्रकारिता पुस्कार–२०७६ र नेपाल जीपी कोईराला स्मृति पत्रकारिता पुस्कार–२०७७ बाट पुरस्कृत भएका हुन्।

    पत्रकार नेपाल बीबीसी नेपाली सेवामा कार्यरत रहेका छन् भने ढकाल नेपाल टेलिभिजनमा कार्यरत छन्। नेपाल प्रेस युनियनले युनियनमा आबद्ध एक जना पत्रकारलाई बार्षिक रुपमा जिपी कोईराला पत्रकारीता पुरस्कारबाट पुरस्कृत गर्दै आएकोमा कोभिड १९ का कारण यसपटक दुई बर्षको पुरस्कार एकै पटक प्रदान गरिएको कार्यक्रम संयोजक तथा उपसभापति दीपक घिमिरेले जानकारी दिए।