२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

रुपन्देही सुपर लिग : वेष्टर्न क्रिकेट क्लब विजयी

मंगलवार , फाल्गुण २४, २०७८

भैरहवा, २४ फागुन ।
नेपाल टेलिकम रुपन्देही सुपर लिगको डिभिजन ‘ए’ अन्तर्गत मंगलबारको खेलमा वेष्टर्न क्रिकेट क्लबले तिरुपति क्रिकेट क्लबलाई १ सय १४ रनको फराकिलो अन्तरले पराजित गर्दै जित निकालेको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले निर्धारित ५० ओभरको खेलमा ४९.४ ओभरमा सबै विकेटको नोक्सानीमा २ सय २५ रनको योगफल बनाएको थियो । उसका लागि राहुल कुमारले ७३, भुवन पाण्डेले ६५ र अनिल शाहले ३२ रनको योगदान दिए । बलिङमा तिरुपतिका तुलबहादुर थापा र रविन क्षेत्रीले समान ४–४ विकेट लिए ।

प्रतिउत्तरमा तिरुपति २५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ११ रनमै समेटियो । उसका लागि तुलबहादुर थापाले ३९ र सुशान्तसिंह थापाले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा वेष्टर्नका प्रतिष जिसी र नरेश साउदले समान ३–३ विकेट लिए । वेष्टर्नका राहुल कुमार म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे । बुधबार लुम्बिनी खुकुरी क्रिकेट क्लब र जीआर क्रिकेट क्लबबीच प्रतिष्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले जानकारी दिए ।

चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेतालले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।