२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

निःशुल्क स्वास्थ्य शिविरमा २७० जनाले लिए सेवा

मंगलवार , फाल्गुण २४, २०७८

भैरहवा, २४ फागुन ।
स्माइल फाउण्डेशन–नेपाल मर्चवारी–४, रुपन्देहीको आयोजना तथा सिद्धार्थनगर नगरपालिका १३ नम्बर वडा कार्यालयको सहयोगमा भैरहवामा भएको निःशुल्क स्वास्थ्य शिविरमा २७० जनाले सेवा लिएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सिद्धार्थनगर–१३ शान्तिनगरस्थित श्री सुसंंस्कृत माध्यमिक विद्यालयमा मंगलबार भएको शिविरमा २७० जनाले सेवा लिनुभएको स्थानीय भिम भण्डारीले बताए । 

महिलामा हुने साधारण तथा गम्भिर प्रकृतिका रोग तथा स्वास्थ्यसम्बन्धी अन्य समस्याहरुको परीक्षण तथा उपचार गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको स्माइल फाउण्डेशन–नेपालका अध्यक्ष अमरीश यादवले बताए ।

शिविरमा पाठेघरसम्बन्धी समस्याको परीक्षण तथा उपचार सेवा, गर्भवती महिलाहरुको स्वास्थ्य परीक्षण तथा उपचार एवं परामर्श सेवा तथा महिलाहरुको स्वास्थ्यसम्बन्धी अन्य समस्याहरुको परीक्षण तथा उपचार सेवा प्रदान गरिएको यादवले जानकारी दिए ।
शिविरमा विशेषज्ञ चिकित्सक डा. मञ्जली कुुमारी यादव, डा. अस्मिता अधिकारी, र डा. शिप्रा पाण्डेयले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

स्माइल फाउण्डेशन–नेपालका सल्लाहकार रामेश्वर भट्टको अध्यक्षता, सिद्धार्थनगर–१३ का वडाअध्यक्ष सतिस प्रसाद मर्सानीको प्रमुख आतिथ्यता, वडा नम्बर ५ का वडाअध्यक्ष चेत बहादुर क्षेत्रीको विशिष्ट आतिथ्यता, नगर कार्यपालिका सदस्य शिव श्रेष्ठ, वडा सदस्यहरु केदारमान राजभण्डारी, विष्णुमाया बुढाप्रिती, श्री सुसंस्कृत मा.वि.का प्राचार्य रविन्द्र यादव, वडा नम्बर १३ का सचिव मेग प्रसाद गुरुङ, लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।