२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षासम्बन्धी सार्वजनिक सुनुवाइ

सोमवार , फाल्गुण २३, २०७८

भैरहवा, २३ फागुन ।
व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रमसम्बन्धी आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सोमबार भैरहवामा सम्पन्न भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिचय, व्यवस्थापन सूचना अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता, घटना दर्ता कसरी गर्ने, सामाजिक सुरक्षा भता व्यवस्थापन तथा नविकरण कसरी गर्ने जस्ता विविध कुराको बारेमा अधिकृत कमलकान्त खनालले प्रस्तुतीकरण गरेका थिए । सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख उमा काफ्ले, प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम मरासिनी लगायतले बोलेका थिए ।

सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको आयोजनामा भएको कार्यक्रममा सहभागीले सामाजिक सुरक्षा भता टोलमै घरमै पुगेर दिनुपर्ने सुझाव दिएका थिए । उनीहरुले सूचना प्रभावमा कन्जुस्याइ नगर्न पनि सल्लाह दिएका छन् ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरु भीष्म प्रसाद न्यौपाने, कुल प्रसाद न्यौपाने, संजय बजिमय, चर्तुभुज रेग्मी, आनन्द खनाल, माया क्षेत्री, लक्ष्मी प्रसाद अधिकारी, सरोज ठकुरी, राजेन्द्र प्रसाद श्रेष्ठ, राजेन्द्र प्रसाद घिमिरे, कृष्ण कुंवर, यज्ञ प्रसाद पन्थी, लक्ष्मी कोइराला, दु्रपदा पनेरु, मोतिलाल सुवेदी, महालक्ष्मी गौतम, भीम बहादुर थापा लगायतले आ–आफ्ना भनाइहरु राखेका थिए । सिद्धार्थनगर नगरपालिकाका सूचना अधिकारी देव प्रसाद ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।