
सोमवार , फाल्गुण २३, २०७८
भैरहवा, २३ फागुन ।
उद्योग व्यापार संगठन, रुपन्देहीले सियारी गाउँपालिका वडा नम्बर ७ स्थित अमुवा बजारमा सोमबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २५० जनाले सेवा लिएका छन् । उद्योग व्यापार संगठन सम्पर्क कार्यालय सियारी र सियारी गाउँपालिकाको सहयोगमा भएको शिविरमा २५० जनाले सेवा लिनुभएको कार्यक्रम संयोजक तथा संगठनका कार्यसमिति सदस्य सन्तोष शुक्लाले बताए ।
शिविरको उद्घाटन गर्दै सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले स्वास्थ्य उपचारका लागि आर्थिक अभाव भएका बिरामीका लागि स्वास्थ्य शिविर महत्वपूर्ण भएको बताए । उनले स्वास्थ्य नै सम्पत्ति भएको बताए । स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले विभिन्न कार्यक्रम गरेको बताए ।
उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले २०६३ सालमा स्थापना भएको संगठनले विभिन्न कार्यक्रम गर्दै आएको बताए । उनले संगठनको वार्षिक कार्ययोजना अनुसार सियारी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बताए ।
संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार खिम बहादुर खत्रीले संगठनले उत्कृष्ट काम गरेको अनुभुति भएको बताए ।
संगठनका सियारी सम्पर्क कार्यालयका सल्लाहकार हुमाकान्ती भुर्तेलले स्वास्थ्य जीवनको लागि अमूल्य भएको बताइन् ।
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) भैरहवाका प्रशासन संयोजक तेज कुमार केसीले यस क्षेत्रका बिरामीलाई सहजता प्रदान होस् भन्ने उद्देश्यले संगठनले शिविर आयोजना गर्नु सराहनीय भएको बताए ।
संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक सन्तोष शुक्लाको स्वागत तथा संगठनका महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
शिविरमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवाले प्राविधिक सहयोग तथा सिद्धार्थ फार्मास्यूटिकल, बायोगेन रेमिडिज, एसियन फार्मास्यूटिकल र ग्रेस फार्मास्यूटिकलले औषधी सहयोग गरेको उद्योग व्यापार संगठन सियारी सम्पर्क कार्यालयका संयोजक जीवन ज्ञवालीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij