
आइतवार , फाल्गुण २२, २०७८
रुपन्देही, २२ फागुन ।
रोट्रयाक्ट क्लब अफ लुम्बिनी वाणिज्य क्याम्पस, बुटवलले हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुबीच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको क्लबले जनाएको छ ।
क्लबले गत पुस २० गते क्याम्पसका विभिन्न कार्यक्रममा अध्ययनरत १६ वटाटा समूहमध्ये प्रारम्भिक जाँच गरी जम्मा ८ वटा समुह अन्तिम चरणमा पुगेका थिए । जसमध्ये शनिबार भएको प्रतियोगितामा ७ वटा समूह सहभागि भएका थिए ।
प्रतियोगितामा बी.बी.एस. तेस्रो वर्ष सेक्सन सी मा अध्ययनरत विमला शर्मा नेत्तृत्वको समूहले प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै दोस्रो स्थान तेस्रो वर्षमा अध्ययनरत शर्मिला पौडेल नेतृत्वको समूहले हासिल गर्न सफल भएको छ भने तेस्रो स्थान एम.बी.एस.बाट लोकराम चौधरी नेतृत्वको समूहले हासिल गरेको छ ।
क्लबका अध्यक्ष बरुण ज्ञवालीको अध्यक्षता, लुम्बिनी वाणिज्य क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतिलाल पाण्डेको प्रमुख आत्थ्यिता, सहायक क्याम्पस प्रमुख विष्णु जोसीको विशिष्ट आतिथ्यता तथा क्लबका सचिव ऋषि पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
हाजिरीजवाफ कार्यक्रमको सञ्चालन अमृत पौडेलले गरेका थिए । विशेष गरी क्याम्पसमा अध्ययनरत विद्यार्थिहरुको बौद्धिक आयामलाई विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उक्त कार्यक्रममा क्लबले आगामी दिनमा विद्यार्थीहरुको विकासका विभिन्न आयामहरुलाई जोडने कार्यक्रम गराईहने क्लबका अध्यक्ष बरुण ज्ञवालीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोतिलाल पाण्डेले क्लबले क्याम्पसका क्रियाकलापमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए । त्यस्तै गरी सहायक क्याम्पस प्रमुख विष्णु जोसीले आगामी दिनमा क्लबले यस्तै किसिमका कार्यक्रम गरी विद्यार्थीहरुको अन्तरनीहित प्रतिभा प्रस्फुटन गराउने काममा क्याम्पससंगै मिलेर काम गर्नुहुन सल्लाह समेत दिएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij