२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

भैरहवामा जलविन्दु सचेतना सप्ताह सुरु

आइतवार , फाल्गुण २२, २०७८

भैरहवा, २२ फागुन । 
लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, भैरहवामा आइतबारदेखि जलविन्दु सचेतना सप्ताह सुरु भएको छ । ‘जलविन्दुबाट हुन सक्ने दृष्टि विहिनता आजबाटै रोकौं’ भन्ने नाराका साथ सुरु भएको सप्ताह फागुन २८ गतेसम्म चल्ने श्री रण अम्बिका शाह आँखा अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेले बताए । 

नेपाल नेत्र ज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका आँखा अस्पतालको आयोजनामा आइतबार एक कार्यक्रमकाबीच सप्ताह सुरु भएको हो ।

DSC_1075.JPG

कार्यक्रममा जलविन्दुको बारेमा सह–प्राध्यापक डा. कबिन्द्र बज्राचार्यले भनाइ राखेका थिए । अस्पतालका बाह्य कार्यक्रम निर्देशक संजीव अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा निमित्त चिफ मेडिकल डाइरेक्टर सह–प्राध्यापक डा. सुशिला पटेल, जलविन्दु रोग विशेषज्ञ डा. विवेक विष्ट, अस्पतालका निमित्त व्यवस्थापक सुदिप के.सी. लगायतको उपस्थिति रहेको थियो ।

के हो जलविन्दु ?

जलविन्दु भनेको एक प्रकारको आँखामा लाग्ने रोग हो । जसमा विस्तारै विस्तारै दृष्टि नशाको क्षति हुन्छ । यसमा छेउको दृष्टि हराउँदै गएर अन्तमा मानिसलाई दृष्टिविहीन बनाउन सक्छ । जलविन्दुको प्रमुख कारण आँखा भित्रको चाँप वृद्धि हो । प्रायः आँखा भित्रको चाप धेरै भएर दृष्टि नशाको क्षति हुन्छ । कहिलेकाही आँखाको चाप सामान्य हुँदा पनि जलविन्दु हुन सक्छ । 

जलविन्दुको लक्षण

अत्याधिक आँखा दुख्नुका साथै दृष्टि धमिलो हुनु 

बत्तीको वरिपरी इन्द्रेणी जस्तो रंग देखिनु 

टाउको दुख्नु, वाकवाकी लाग्नु र वान्ता हुनु 

यी लक्षणहरु प्राय : नजिकको काम गर्दा र अध्यारोमा काम गर्दा हुन सक्छ ।

जलविन्दु उपचार विधिहरु

लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पताल जलविन्दु विभागका अनुसार जलविन्दु निर्मुल पार्ने कुनै उपचार विधि छैन तर आँखा भित्रको चाप (आइओपी)लाई कम गरी दीर्घकालिन नियन्त्रण गर्न सकिन्छ ।