
बिहिवार , फाल्गुण १९, २०७८
भैरहवा, १९ फागुन ।
रोहिणी गाउँपालिकाको कार्यालय, रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्ध र रोहिणी जनजागरण सामुदायिक सिकाई केन्द्र बगहाको आयोजनामा बिहीबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । रोहिणी गाउँपालिका–१ स्थित बगहा स्वास्थ्य चौकीमा भएको शिविरमा ४११ जनाले स्वास्थ्य परीक्षण गराएको शिविरका संयोजक इन्द्रजित रायले बताए । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) रानीगाउँ, भैरहवाको प्राविधिक सहयोगमा भएको शिविरमा दाँच सम्बन्धि उपचार, निःशुल्क रक्तचाप (प्रेसर) जाँच, निःशुल्क मधुमेह (सुगर) परीक्षण तथा निःशुल्क औषधी वितरण गरिएको थियो ।
शिविरमा डा. सुवोध कुमार, डा. रमेश बस्नेत, डा. स्वेजा कार्की, डा. सविता रावल, डा. सलोनी झा, डा. अमिर खान, डा. अदिति ठाकुर, डा. अजय वर्मा, राधिका बराल, अनुप थापा, तेज के.सी., कलामुद्दीन, रमाकान्त गिरीको टीम खटिएको थियो ।
रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्धको प्रथम स्थापना दिवसको अवसरमा स्वास्थ्य शिविरको आयोजना गरिएको क्लबका संस्थापक अध्यक्ष कपिल चापागाईले बताए ।
शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले स्वास्थ्य केन्द्रसम्म पहुँच नपुगेका नागरिकलाई स्वास्थ्य परीक्षण गर्न सहज होस भन्ने उद्देश्यले शिविरको आयोजना गरिएको बताए । उनले करिब २ वर्ष कोभिड–१९ को महामारीले शिविरको आयोजना गर्न असहज भएको बताए । अध्यक्ष यादवले भने, ‘गाउँपालिकामा भएका विभिन्न स्वास्थ्य चौकीमा सकेसम्म धेरै भन्दा धेरै स्वास्थ्य सेवा प्रदान गर्न लागिपरेका छौं, सकेसम्म आफ्नै ठाउँबाट सेवा लिनहोस् ।’
त्यस्तै रोहिणी जनजागरण सामुदायिक सिकाई केन्द्रका अध्यक्ष प्रेमनारायण चौधरी, सिद्धार्थ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष संजय गुप्ता, युसीएसएसका प्रशासन संयोजक तेज के.सी., रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्धका सचिव अंकित खाती लगायतले शिविरमार्फत स्थानीय लाभान्वित हुने विश्वास व्यक्त गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij