२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

मारवाडी युवा मंच भैरहवाद्वारा रक्तदान, ५३ युनिट रगत संकलन

बिहिवार , फाल्गुण १९, २०७८

भैरहवा, १९ फागुन ।
मारवाडी युवा मंच भैरहवाले बिहीबार भैरहवामा खुल्ला रक्तदान कार्यक्रम गरेको छ । ‘रक्तदानको लागि सधै अगाडी बढौं, रक्तदान, जीवनदान’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा ५३ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक सुशील बंशलले बताए ।

मंचका अध्यक्ष विनित बेरिवालका अनुसार सिद्धार्थनगर नगरपालिका–५ स्थित मारवाडी सेवा समिति भवनमा बिहान साढे ७ बजेदेखि ११ बजेसम्म कार्यक्रम गरिएको थियो । रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्त संचार सेवा केन्द्रको सहयोगमा कार्यक्रमको आयोजना गरिएको बेरिवालले बताए । कार्यक्रममा मारवाडी सेवा समिति, मारवाडी महिला मंच लगायतको सहयोग रहेको उनले बताए ।