२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

वेस्टर्न मेगा कलेजमा बी.एच.एम वर्ष २०२२ को अभिमुखीकरण कार्यक्रम 

बुधवार , फाल्गुण १८, २०७८

रुपन्देही, १८ फागुन ।
बुटवल-१५, ढवाहामा अवस्थित नेपालकै पहिलो स्कुटल यस वेस्टर्न मेगा कलेजमा वर्ष २०२२ का लागी बी.एच.एममा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा रुपन्देहीस्थित टाईगर प्यालेसमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरुलाई चार वर्षे बी.एच.एम. मा अध्ययन गराइने कोर्ष करिकुलम अन्तर्गतका शैक्षिक तथा प्रयोगात्मक विषयहरु, कलेजले गराउने शैक्षिक भ्रमण, इभेन्ट म्यानेजमेन्ट, होटल भ्रमण, वाईनेरी भ्रमण तथा इन्टर्नसिप बारेमा परीक्षण दिइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश शिक्षा निर्देशनालय लुम्बिनी प्रदेशका प्रमुख मनोज गैरेले नेपालमा प्रयोगात्मक सिकाइका कक्षाहरुले विद्यार्थीहरुको वृति विकासमा विशेष योगदान पुर्याउनेबारे प्रकाश पारेका थिए । 

कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई होटल व्यवस्थापन विषय अध्धयनको महत्व तथा बिद्यार्थीहरुले आत्मसाथ गर्नुपर्ने हस्पिटालिटी अनुशासनको बारेमा कार्यक्रमका विशिष्ट अतिथि नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टका वरिष्ठ प्रशिक्षक मनराजा खत्री तथा टाईगर प्यालेस रिर्सोटका फुड एण्ड बेभरेज म्यानेजर गोबिन्द लुईटेलले प्रशिक्षण दिएका थिए । 
त्यस्तै विद्यार्थीको पठनपाठन तथा कलेजले सञ्चालन गर्ने अन्य गतिविधिहरुको बारेमा कलेजको प्रयोगात्मक संयोजक सुमित रिजालले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा बोल्दै कलेजका प्राचार्य श्री प्रसाद भट्टराईले कलेजले शैक्षिक सफलता लगायत हालसम्म आइपुग्दा कलेजले प्राप्त गरेका उपलब्धीहरुबारे प्रकाश पारेका थिए । 

कार्यक्रममा संस्थापक अध्यक्ष बाबुराम महत क्षेत्रीले विद्यार्थीको अनुशासन र सिकाई तथा कलेज व्यवस्थापन र प्रशासनबीचको अन्तरसम्बन्ध तथा महत्वको बारेमा आफ्ना विचार राखेका थिए । 

कार्यक्रममा आरम्भ ग्रुप अफ हस्पीटालिटीका अध्यक्ष मेघराज पन्थले निकट भविष्यमा यस कलेजलाई लुम्बिनी प्रदेशकै हस्पिटालिटी क्षेत्रको शैक्षिक हबको रुपमा व्यवस्थापन गर्न कलेजकै आफ्नो पाँँचतारे होटल निर्माण गरी संचालन गर्ने र बी.एच.एम अध्ययन पश्चात विद्यार्थीको भविष्य उज्ज्वल बनाउनेतर्फ व्यवस्थापन पक्ष कटिबद्ध रहेको जानकारी दिए । 

अतिरिक्त क्रियाकलाप प्रमुख शिक्षक सौगात लामिछाने र सुधन घिमिरेको संयोजकत्व तथा शिक्षक प्रेम पोख्रेल र कल्पना न्यौपानेले सञ्चालनमा भएको कार्यक्रममा सञ्चालक समिति सदस्य गोपाल पाण्डे, अंकन बहादुर थापा, पारेश्वर अर्याल, सल्लाहकार महेन्द्र पुरी, आन्तरिक लेखा समिति संयोजक लाल बहादुर गुरुङ, सदस्य सरस्वती गिरी, युवराज पन्थ, कलेजको सह-प्राचार्य अधिवक्ता किसु शर्मा, शिक्षक डा. अशोक भण्डारी, ई. राम प्रसाद जोसी, प्रिया थापा, कबिराज गिरी, सुरज पौडेल, रामकेस यादव, सह-प्रशासन प्रमुख समिक्षा पोर्खेल, लेखा प्रमुख रमा धिमिरे, सुचना प्रबिधि प्रमुख सागर त्रिपाठी, अनुशासन विभाग प्रमुख सेफ विकास खत्री, लाईबे्ररी प्रमुख सुस्मिता गुवाजु, स्टोर प्रमुख कौशल थापा, एफडीई वर्षा पाण्डे लगायतका अन्य प्रशासनिक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बी.एच.एम तथा एम.बी.एको अध्यापन हुने वेस्टर्न मेगा कलेज शैक्षिक अन्तर्राष्ट्रिय शैक्षिक गुणस्तर प्राप्त यस क्षेत्रको एक मात्र कलेज हो । शैक्षिक कार्यक्रममा किताबी ज्ञानलाई मात्र पर्याप्त नठानी प्रयोगात्मक सिकाई, अनुसासान, नैतिक तथा सामाजिक उत्तरदयित्व समेतका विषयहरुलाई यसले आत्मसाथ गरेको यस कलेजवाट अध्ययन गरी दिक्षित भएका बिद्यार्थीहरुको अहिलेको अवस्था-वस्तुस्थिति हेरी बुझ्न सकिने कलेजका सह-प्राचार्य अधिवक्ता किसु शर्माले जानकारी दिए । 

८५ जना विद्यार्थीहरुलाई यस वर्ष अभिमुखीकरण कार्यक्रममा सहभागी गराएको कलेजमा हालसम्म १५० जना बिद्यार्थीहरुले अध्यन गरी दिक्षित भई नेपाल लगायत भारत, अमेरीका, अष्ट्रेलिया, क्यानेडा, दुबई, थाइल्याण्ड, मलेसिया तथा मालदिप्समा हस्पिटालिटी, वित्तीय तथा व्यवस्थापन क्षेत्रका कम्पनीहरुमा कार्यरत रहेको समेत सह—प्राचार्य शर्माले जानकारी दिए । 

कार्यक्रममा कलेजमा बी.एच.एम दोश्रो, तथा चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न किसिममका सांस्कृतिक नृत्य तथा गायनहरु प्रस्तुत गरेका थिए ।