
सोमवार , फाल्गुण १६, २०७८
भैरहवा, १६ फागुन ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को कार्यालय, रुपन्देहीले भैरहवा नमुना माध्यमिक विद्यालयलाई बैठक कक्षका लागि फर्निचर तथा कक्षा ११ र १२ का लागि आवश्यक पाठ्यपुस्तक प्रदान गरेको छ । वडा नम्बर ५ मा अवस्थित विद्यालयलाई वडाअध्यक्ष चेत बहादुर क्षेत्रीको सक्रियतामा उक्त सामग्री हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ । समाजसेवी ओमकार गौचनको प्रमुख आतिथ्यता तथा सिद्धार्थनगर नगरपालिका शिक्षा शाखा अधिकृत जाह्नवी पाण्डेको आतिथ्यतामा सोमबार एक कार्यक्रमकाबीच उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि गौचनले विद्यालयले निरन्तर प्रगति गरेको बताए । कार्यक्रममा बोल्दै वडाअध्यक्ष क्षेत्रीले विद्यालयमा रंगरोगन, ढल निकास, फिल्ड सुधार, प्रशासनिक भवन निर्माण, बैठक कक्ष, फर्निचर फर्निसिङ, कक्षा कोठा, आवश्यक पुस्तक व्यवस्था जस्ता कार्य भएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ताले वडा कार्यालयले सहयोग गरेको भन्दै प्रशंसा गरे । उनले विद्यालयले शैक्षिक गुणस्तरमा ध्यान दिदै जाने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ताको अध्यक्षता, विद्यालयक सहायक प्राचार्य धिरेन्द्र कुमार मल्लिकको स्वागत तथा प्राचार्य चुन्न प्रसाद पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij