
आइतवार , फाल्गुण १५, २०७८
भैरहवा, १६ फागुन ।
अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र के.सी.ले सरकारको अपवित्र गठबन्धन स्वार्थ सिद्ध गर्न बनेको हुनाले जति बेला पनि तल माथि हुन सक्ने बताए । अध्यक्ष केसीले नेकपा एमालेप्रति पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एमालेको लहर आएको हुनाले पार्टीमा प्रवेश गर्ने लहर आएको हुनाले विरोधीहरु तिरमिराउँदै अत्तालिएको बताए ।
एमालेका जिल्ला सह–सचिव हितराज पन्थीले एमाले किसान वर्गको हकहितका लागि सदैव तत्पर रहेको बताए । किसानका समस्या समाधान गर्न एमाले लागेको बताउँदै पन्थीले किसान र श्रमजीविको पक्षमा पार्टीको सदैव रहेको बताए ।
अखिल नेपाल किसान महासंघका राष्ट्रिय कमिटी सदस्य तथा रुपन्देही जिल्ला महासंघका अध्यक्ष कृष्णप्रसाद पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्य नेता राजेन्द्र प्रसाद पन्थी, अखिल नेपाल किसान महासंघका लुम्बिनी प्रदेशका सचिव महेन्द्र गिरी, एमाले जिल्ला कमिटी सदस्य तथा सिद्धार्थनगरका इञ्चार्ज चोपलाल आचार्य, एमालेका सिद्धार्थनगर अध्यक्ष चक्र बहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।
एमालेको भातृ संगठन अखिल नेपाल महासंघ सिद्धार्थनगरको भेलाले सिद्धार्थनगर नगर वडा नम्बर ७ निवासी कमल पोख्रेल निर्विरोध रुपमा चयन भएका छन् । पोख्रेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा ऐन बहादुर थापा, सचिवमा पदम प्रसाद पन्थ, सह–सचिवमा अवध नारायण यादव, प्रकाश घिमिरे, कोषाध्यक्षमा अमृता भट्टराई, सदस्यहरुमा जगन्नाथ यादव, शोभाचन्द निषाद, खिमानन्द भुसाल, हरिषचन्द निषाद, राजेन्द्रप्रसाद रेग्मी, अमृत अधिकारी, निर्मला निषाद, काशीराम मरासिनी, दिपनारायण यादव, अकबाल खाँ, रामेश्वर यादव, भगवानदास यादव र सहनाज बेगम सर्वसम्मत चयन भएको एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले बताए । अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य तथा रुपन्देहीका जिल्ला उपाध्यक्ष लक्ष्मण भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij