२०८२, पौष २८ गते

Jan 12 2026 | २०८२, पौष २८ गते

बिकिरण सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रम ५० जनाले गरे रगतदान 

शनिवार , फाल्गुण १४, २०७८

  • 4.5K
    Shares
  • 4.5K
    Shares
  • कोटिहवा। बिकिरण बचत तथा ऋण सहकारी सस्था लिमिटेड कोटिहवाले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। तिलोत्तमा रक्तदाता समाजको संयोजनमा भएको कार्यक्रममा ५० जनाले रक्तदान गरेको बिकिरण सहकारीका अध्यक्ष डिल्लीराम अर्यालले जानकारी दिए। 

    सस्थाले सामाजिक उत्तरदाहित्व कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रम राखिएको र उक्त कार्यक्रममा स्थानियको समेत उल्लेख्य सहभागिता रहेको अध्यक्ष अर्यालले जानकारी दिए। 

    रगतको अभावमा कसैको पनि उपचार प्रभावित नहोस तथा रक्तदान बारे सचेतना फैलाउने उद्धेश्य अनुसार दुवै सस्थाको आयोजनामा रक्तदान कार्यक्रम राखिएको रक्तदाता समाजका अध्यक्ष गोविन्द बन्जाडेले जानकारी दिए। 

    274594765_1735866363449735_2509145780679935342_n.jpg

    सहकारीका सस्थापक अध्यक्ष ओम बहादुर थापाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा पशुपति सहकारीका अध्यक्ष डोलराज बस्याल, माइ ब्लड बुक एपका कमल सुवेदी लगाएतले बोल्दै रक्तदानले रगतको अभावमा उपचारमा छट्पटाईरहेकाहरुको ज्यान जोगाउनुका साथै रक्तदान गर्ने व्यक्तिहरु पनि स्वस्थ रहने उल्लेख गरे। 

    तिलोत्तमा रक्तदाता समाजका अरुण पन्थीको सञ्चालनमा भएको कार्यक्रमकाे स्वागत पदमप्रसाद शर्माले गरेका थिए।