२०८२, आश्विन ७ गते

Sep 23 2025 | २०८२, आश्विन ७ गते

गैरगट्टी माविको भवन शिलान्यास

शुक्रवार , फाल्गुण १३, २०७८

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • भैरहवा, १३ फागुन ।
    रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ७ स्थित गैरगट्टी राम दुलारे  मिश्रा माध्यमिक विद्यालयको दुुईकोठे भवनको शिलान्यास गरिएको छ ।

    लुम्बिनी प्रदेश सरकारको २० लाख लागतमा निर्माण हुन लागेको उक्त भवनको शुक्रबार नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले  शिलान्यास गर्दै विद्यालयको भौतिक र शैक्षिक सुधारका लागि पार्टीले विगत देखि नै पहल गर्दै आएको र आगामी दिनमा समेत सहयोग उपलब्ध गराउन पहल गर्ने बताए । विकासको पहिलो आधार शिक्षा भएको भन्दै शिक्षाको विकासमा सबै एकजुट भएर अगाडी बढ्नुुपर्ने बताए । उनले उक्त माध्यमिक विद्यालयलाई प्लस टु सम्म सञ्चालन गर्नको लागि समेत आफ्नो तर्फबाट पहल गर्ने बताए ।

    उक्त विद्यालयको भौतिक सुधारका लागि मायादेवी गाउँपालिकाले १० लाख र गाउँपालिकाको वडा नम्बर ७ ले छुट्टै ८ लाख ५० हजार बजेट बिनियोजन गरेको गाउँपालिकाका अध्यक्ष धुु्रव नारायण चौधरीले जानकारी 
    दिए । उनले शिक्षाको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै बिनियोजित बजेटको सही सदुपयोग गर्न आग्रह गरे ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जोगेन्द्र यादवले विद्यालयको भौतिक सुधार हुुन लागेको बताए । उनले विद्यालयको स्तरवृद्धिसहित क्याम्पस सञ्चालनका लागि ७ करोडको डीपीआर बनेको जानकारी गराउँदै गृहमन्त्री बालकृष्ण खाँणको पहलमा तत्कालै ६० लाख बजेट संघीय सरकारबाट बिनियोजन हुन लागेको समेत जानकारी दिए ।