
शुक्रवार , फाल्गुण १३, २०७८
भैरहवा, १३ फागुन ।
उद्योग व्यापार संगठन, रुपन्देही अन्तर्गत स्वास्थ्य प्रवर्द्धन उपसमिति गठन गरिएको छ । शुक्रबार सिद्धार्थनगर–९ उदयपुरस्थित संगठनको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच सन्तोष शुक्लाको संयोजकत्वमा उक्त उपसमिति गठन गरिएको हो ।
जसको सह–संयोजकमा प्रमोद ज्ञवाली, दुर्गा प्रसाद मरासिनी, सचिवमा कृष्ण पोखरेल र आर्थिक संयोजकमा माया खनाल रहेका छन् । त्यस्तै सदस्यमा उमेश आचार्य, शशिकान्त उपाध्याय र गोपाल उपाध्याय रहेका छन् ।
कार्यक्रममा उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, उपाध्यक्ष रामचन्द्र रेग्मी, कार्यसमिति सदस्य माया खनाल, स्वास्थ्य प्रवर्द्धन उपसमिति संयोजक सन्तोष शुक्ला लगायतले बोलेका थिए ।
त्यस्तै शुक्रबार बसेको स्वास्थ्य प्रवद्र्धन उपसमितिको बैठकले नारी दिवसको अवसर पारेर यही फागुन २४ गते रुपन्देहीको सियारी गाउँपालिकास्थित अमुवामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने निर्णय गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij