images

शनिवार, बैशाख ८ गते २०८१

सहिदको सम्मानमाआचरण सुधार गर 

सहिदको सम्मानमाआचरण सुधार गर 

images
images
images
आइतवार, माघ १६ २०७८
आइतवार, माघ १६ २०७८
  • सहिदको सम्मानमाआचरण सुधार गर 

    कविभूपि शेरचनको रचना सम्झदै – हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन देश दुईचार सपूत मरेर नगए ।

    images
    images
    images

    माघ १६, जुनदिन देशको र जनताको लागिविभिन्न संघर्षहरुमाआहुतिदिएकाप्रथम सहिद लखन थापादेखि राष्ट्रमाप्रजातन्त्रको सुर्योदयको लागि साहदतभएकाचार सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरत चन्द र गंगालाल श्रेष्ठसहित ती नेपालआमाका ज्ञातअज्ञात सपुतहरु जसले देशको लागि जीवन आहुति दिए ।

    उहाँहरुलाई स्मरण गर्ने दिन र हुनत् सहिदहरु आम नागरिकका मानसपटलमा सदैव जीवित र अमर रहेका छन् । जनताकोअधिकार स्थापनाको लागिविभिन्न कालखण्डमा भएकाआन्दोलन, संघर्षमाबिना स्वार्थ आफूलाई देशको लागिबलिदानदिने अमर व्यक्तित्वहरु जसलाई सहिद भनिन्छ ।

    तीनै सहिदहरुको नाममाविभिन्न स्वार्थसिद्ध गर्ने तर राजनीतिक दलहरुको शब्दावलीमा आइरहने शब्द प्रजातन्त्र, लोकतन्त्र आजका दिनसम्म वा ७० वर्षको इतिहास पछि पनि सामान्य आम नागरिकसम्म पुग्न नसकेको यथार्थ र संक्रमणकालको नाममा सीमित मानिसहरुले शासन सत्ताको सुविधा लिइरहने जमातको कारण आजती सहिदहरुको अवमुल्यन भइरहेको अवस्थामा व्यर्थै ज्यानको आहुति दिएको रहेछ भनेर कहीकतैबाट बोध गरिरहेका होलान् ?

    सहिदकुनै पार्टी, क्षेत्र, जात, धर्म, वर्णबाट माथि उठेर देश र राष्ट्रको राष्ट्रियता, अखण्डताको संरक्षणको लागि बलिदान दिने प्रतिक हुन् । तर भोटको नाममावा राजनीतिका रोटी सेक्ने नाममाकुनै पनि घटना एवं दुर्घटनामा मारिएकालाई पहुँच र दबाबका भरमा सहिद घोषणा गर्ने प्रवृत्ति र सहिद परिवारलाई १० लाखप्रदानगर्ने गरिएकोमाउक्त रकम प्रदान गर्नकालागि पनि सहिद घोषणा गर्ने नराम्रो चरित्र दलहरुमा देखिएको छजसले गर्दा सहिद शब्दको गरिमा र महिमा स्खलितहुँदै गएको छ र वास्तविक सहिदहरुको अपमान भएको छ ।

    कस्तो विडम्बना आफूलाई  लोकतन्त्र, गणतन्त्रको मसिहा ठान्ने र सहिदहरुको नाम भजाएर त्यही पार्टी, क्षेत्र, जात, धर्म वर्णको राजनीतिको उद्योग र व्यापार गर्नेहरुले देशको राष्ट्रियता, अखण्डता एवं समृद्धिलाई च्याँखे थाप्न उद्यतहरुनै सहिददिवस मानाउने अधिकारीएवं तीनै ठूलाठूला भाषण ठोकिरहेका छन् । जुन कुरा तिनलाई लाजनलागे पनि तिनहरुलाई देखेर जनताले लाज मान्नुपर्ने अवस्था आजको वास्तविकता हो ।

    sahid.jpg

    सन्दर्भ सहिद दिवस 
    प्रजातन्त्र, लोकतन्त्र, विगत १० वर्षदेखि गणतन्त्रको नाममा जनतालाई अधिकारसम्पन्न गर्छौ र संविधानसभाबाट संविधान बनिसकेपछि देश र जनताको आर्थिक सामाजिक विकास हुन्छ भनी२००७ सालदेखि जनतालाई आश्वासनदिने र संक्रमणकालको नाममा सत्तामा रहि आफ्नो मात्र स्वार्थसिद्ध गर्न लालायितहुने राजनीतिकदलहरुको स्वार्थको कारण सहिदहरुको आत्मापनि रोएको होला।

    २००७ सालदेखि २०७१ सम्मबाजे पुस्तादेखि नाति पुस्तासम्म सबैले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र संक्रमणकालको नाममाआन्दोलनको भन्दै कहिलेसम्म सहिद बनिरहने हो ? यसको उत्तर आजसम्म कसैले दिन सकेको छैन् भने यस्तो नियतिभोग्ने कतिपटक आन्दोलनगर्ने कतिलाई सहिदबनाउने ।

    जनतालाई समृद्ध बनाउँछौ भन्ने राजनीति र आन्दोलनबाट प्राप्त प्रतिफल आम नागरिकहरुलाई बाडँनुपर्ने सट्टा आफ्नो,श्रीमती,छोरा, छोरी सम्धी,सासु, ससुरा भान्जा, भान्जी र नातागोता आसेपासेहरुको उत्थान र कमाउने धन्दा संरक्षण गर्नमा सीमितरहेको आम नागरिकले महसुस गरेका छन् ।

    अझै पनि विभिन्न समयसमयमा प्रजातन्त्र, अधिनायकवाद, प्रतिगमन सर्वसत्तावाद भयो  भन्दै आन्दोलन गर्नुपर्छ भन्दै देश र जनताको समृद्धि भन्दाआ–आफ्नो पद र कुर्सीपुनःप्राप्तिको लागि आन्दोलन गर्ने र पद प्राप्तिका लागि कार्यकर्ताहरुको झुण्ड बोकेर सडकमा  र संविधानका मर्महरु च्यात्ने कर्ममा उद्दत देखिदैछन् ? किनयसो गरिन्छ ? यसको उत्तर कतैबाट आएको छैन् ।

    सामान्य नेपाली नागरिक बिरामीभइ एउटा सामान्य सिटामोल पाउनन सकेको अवस्था र सिटामोलको ग्यारेण्टी गर भनेर न्यायालयले भन्नुपर्ने लाजमर्दो अवस्था होस् वा संविधानले दिएको मौलिकहक शिक्षार स्वास्थ्य जस्ता सामान्य सुविधाबाट वञ्चित रहँदापनिजनतालाई बिर्सिदिने अवस्थामा सुधार गर्न किन राजनीतिकदलहरु अघि बढदैनन् तर पनि बोलीमा सहिदको सपना र जनताको लागि लागिपरेका छौ अनि वर्षौ बितिसक्दापनि सहिदको नामलिएर उनीहरुलाई अपमानितगरिरहेका छन् ।

    सहिदहरुको सपना साकार पार्नको लागि देश र जनतालाई कसरी सबल बनाउने त्यसबारे चिन्तालिनुपर्ने त्यसको लागि कामगर्नुपर्ने बेला सहिदहरुको बलिदानलाई समेत वेवास्तागर्दे सत्ताको लागि मरिहत्ते गर्ने हाम्रा राजनीतिक दल तथा तीनका नेताहरुलाई, सहिदहरुले देशको लागि बलिदान दिए जस्तै यिनले पनि सत्ताको स्वर्थको  लागि त्याग गरी देश र जनतालाई सम्झि पद, प्रतिष्ठा,कुर्सी मोह त्यागी देशलाई आर्थिक प्रगतिको पथमा अगाडि बढाउनको लागि परे भने नै वास्तविक सहिदप्रति सम्मानहुनेछ ।

    सहिद दिवसको दिनमा मात्र सहिदलाई सम्झने र राजनीतिको स्वार्थगत भाषण दिने प्रवृतिलाई सत्तामा रहेकावा नरहेका राजनीतिका मूलपात्रहरुले छोडन जरुरी छ । वाभोटको नाममा सहिदका नाममा गेट, मूर्ति, चौतारा,पार्क मात्रबनाउँदैमा सहिदको सम्मानहुन सक्दैन् ।  सहिदको त्याग र राष्ट्रप्रतिको समर्पणलाई सम्झदै आफ्ना गलत आचरण, कमाउ धन्दाहरुलाई सुधार गरी असल कार्र्यहरुको सुरुवातगर्ने दिनको रुपमा मनाइनुपर्छ । 

     

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij