२०८२, भाद्र ३० गते

Sep 15 2025 | २०८२, भाद्र ३० गते

जनतमत पार्टीको र्‍यालीमा किसानको माग : पैसा ले, मल दे

शुक्रवार , पौष ३०, २०७८

  • 6.4K
    Shares
  • 6.4K
    Shares
  • भैरहवा, ३० पुस ।
    जनमत पार्टी रुपन्देहीले किसानका समस्या समाधान गर्न माग गर्दै भैरहवामा विशाल र्‍याली निकालेको छ । 

    भैरहवाको लुम्बिनी गेटबाट सुरु भएको र्‍याली बुद्धचोक, नयाँ सडक, देवकोटा चोक, बैकरोड, नारायणस्थान हुँदै बुद्धचोकमा पुगेर कोणसभा गरेको छ । 

    किसानका समस्यासम्बन्धी बिभिन्न ११ बुँदे माग राख्दै जनमत पार्टी विगत एक महिनादेखि आन्दोलित छ । सयौंको संख्यामा किसानहरु सहभागि र्‍यालीमा पैसा ले मल दे, कृषि मन्त्री मूर्दावाद, समयमा मतखाल र बिउको व्यवस्था गर, किसानमाथि दमन बन्द गर, झुठा मुद्दा फिर्ता गर, गिरफ्तार आन्दोलनकारी रिहा गर लगायतका नारा लगाउँदै पार्टीका केन्द्रिय सचिव भोपेन्द्र यादव लगायतका नेताले जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) नवरत्न पौडेललाई ज्ञापनपत्र बुझाएको पार्टीले जनाएको छ । 

    janamat party 1.jpg

    आन्दोलनमा किसानहरु हातमा कुटो, कोदालो, हलो, बालीनाली हातमा लिएर सहभागि भएका थिए । र्‍याली बुद्धचोकमा आएर कोणसभामा परिणत भएको थियो ।

    कोणसभालाई सम्बोधन गर्दै केन्द्रिय सचिव यादवले राज्यले किसानका समस्यालाई तत्काल सम्बोधन गर्न माग गरेका छन् । उनले राज्यले किसानलाई पेन्सन पट्टाको व्यवस्था गर्नुपर्नेमा जोड दिदै किसान कार्डको व्यवस्था गर्न माग गरेका छन् ।