२०८३, कार्तिक १६ गते

Nov 02 2026 | २०८३, कार्तिक १६ गते

कर्णाली याक्समाथि काठमाण्डुको रोमाञ्चक जित

सोमवार , कार्तिक १६, २०८३

  • 166
    Shares
  • 166
    Shares
  • काठमाडौं, १६ कार्तिक ।उत्कृष्ट ब्याटिङ गर्दै काठमान्डु गोर्खाजले कर्णाली याक्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा पहिलो जित निकालेको छ ।  

    कीर्तिपुरमा सोमवार भएको खेलमा काठमान्डुले कर्णाली याक्समाथि चार विकेट जित रचेको हो । यससँगै कर्णालीले लगातार तीन जित निकाल्ने अवसर गुमायो । अस्ट्रेलियन लिजेन्ड क्रिकेटरको साथ पाएको काठमाण्डुले भने दोस्रो खेलमा पहिलो जित रच्यो । काठमान्डुले उत्कृष्ट ब्याटिङ गरेपछि अन्तिम दुई बल बाँकी छँदा नै जित निकाल्यो । त्रिवि क्रिकेट स्टेडियममा कर्णालीले १८१ रनको चुनौतीपूर्ण लक्ष्य दियो । तर काठमान्डुले पूरै ओभर खेल्दै ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । रासिद खानले अर्धशतकीय इनिङ खेले । रासिदले ३३ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । कप्तान करण केसीले ४४ रनमा आउट हुँदा जाहानदाद खानले २२ रनमा अविजित रहे । कप्तान करणले २० बलमा चार चौका र तीन छक्का हिर्काए । जाहानदादले १० बलमा एक चौका र दुई छक्का हिर्काए । खराब शुरुवात गरे पनि अन्तिम पाँच ओभरमा काठमान्डुले ६४ रन जोड्दै जित निकाल्यो । 

    पहिलो खेल खेलेका अस्ट्रेलियन ब्याटर डेविड वार्नर प्रभाव जमाउन सकेनन् । आक्रामक देखिएका वार्नर दोस्रो ओभरमै आउट भए । कर्णालीका कप्तान सोमपाल कामीले वार्नरलाई १६ रनमै बोल्ड गरे । १० बल खेलेका उनले तीन चौका हिर्काए । पावर प्लेमै अर्का ओपनर स्मित पटेल ९ रनमै पभेलियन फर्किए । उनलाई नन्दन यादवले बोल्ड गरेका हुन् । यससँगै पावरप्लेमा काठमाण्डुले ४१ रन जोड्यो । दोस्रो विकेटका रासिद र मोहम्मद आदिल आलम बीच ५४ रनको अर्धशतकीय साझेदारी भयो । १२ औं ओभरमा वार्क वाटले आदिललाई २० रनमा गुलसनबाट क्याच गराए । २७ बल खेल्दा आदिलले एक चौका मात्र प्रहार गर्न सके । त्यसपछि आएका भीम सार्की पनि ५ रनमै हुसेन तलतको शिकार भए ।

    यससँगै १२.३ ओभरमा काठमाण्डु ८९÷४ को स्थितिमा पुग्यो । तर पाँचौं विकेटका लागि रासिद र करणले ५५ रनको महत्वपूर्ण साझेदारी गर्दै जिततर्पm अग्रसर गराए । १७औं ओभरमा तलतले रसिदलाई बाउन्ड्री लाइनमा क्याच गराउँदै ठुलो सफलता दिलाए । तर यो विकेटपछि कप्तान करणले ठूलो सट खेल्दै जितनजिक पु¥याए । कर्णालीका कप्तान सोमपालले १७.५ ओभरमा करणलाई क्याच गराउँदै ठूलो विकेट दिलाए । तर कर्णालीले १८औं ओभरमा पवन सर्राफलाई बलिङमा ल्यायो । जुन निर्णय गलत साबित भयो । पवनको पहिलो दुई बलमै जाहानदाद खानले लगातार दुई छक्का प्रहार ग¥यो । तेस्रो ओभरमा जाहानदादको विकेट बाउन्ड्री लाइनमा तलतले क्याच छाडे । यससँगै कर्णाली हारको संघारमा पुग्यो । लगत्तै ओभरमा जाहानदादले चौका प्रहार गरे र काठमान्डु सहज जितपर्तm अग्रसर भयो । अन्तिम ओभरमा काठमाण्डुलाई जितका लागि ४ रन आवश्यक प¥यो । नन्दन यादवले कसिलो बलिङ गरे पनि कर्णालीको खराब फिल्डिङका कारण काठमाण्डुले १९.४ ओभरमै जित सुरक्षित ग¥यो ।  

    कर्णालीको बलिङमा सोमपाल र हुसेनले समान दुई विकेट लिए । मार्क वाट र नन्दन यादवले समान एक विकेट निकाले । कर्णालीले सात बलर प्रयोग गरे पनि सबै महँगा सावित भए ।  टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीको सुरुआत राम्रो हुन सकेन । मध्य क्रममा राम्रो साझेदारी गरेपछि कर्णालीले सात विकेटको १८० रनको योगफल बनायो । ओपनर अरिफुल इस्लाम ४४ र मध्य क्रमका ब्याटर हुसेन तलतले ४० रन जोड्दै कर्णालीलाई राम्रो स्थितिमा पु¥याए । कर्णालीले दोस्रो ओभरमै पहिलो विकेट गुमायो । ओपनर जिसान आलम ७ रनमै पभेलियन फर्किए । पहिलो खेल खेलेका बंगलादेशी ब्याटर जिसानले आफ्नो प्रभाव जमाउन सकेनन् । काठमान्डुका कप्तान करण केसीले जहानदाद खानबाट क्याच गराए । यो विकेटका बाबजुद कर्णालीले आक्रामक ब्याटिङ ग¥यो । ओपनर अरिफुलले आक्रामक ब्याटिङ गरे । यससँगै पावरप्लेमा कर्णालीले ६५ रन जोड्दा एक विकेट मात्र विकेट गुमायो । यद्यपि सातौं ओभरमा इस्लाम आउट हुन पुगे ।

    स्पिनर साहल आलमले डेविड वार्नरबाट इस्लामलाई क्याच गराए । त्यसअघि इस्लाम र मार्क वाटबीच ४६ रनको महत्वपूर्ण साझेदारी बन्यो । इस्लामले २२ बलमा पाँच चौका र तीन छक्का हिर्काए । ६.४ ओभरमा कर्णाली ६६÷२ को अवस्थामा थियो । यसपछि कर्णालीले थप दुई विकेट पनि छिटै गुमायो । विकेटकिपर दीपक डुम्रे ८ रन र मार्क वाट १७ रनमा क्रमशः नवौं र दशौं ओभरमा पभेलियन फर्किए । सन्तोष यादवले दीपकलाई र देव साहले वार्टलाई आउट गरेका हुन् । दशौं ओभर कर्णाली ८७ रनमा चार विकेट पतनको स्थितिमा थियो । पाँचौं विकेटका लागि पवन सर्राफ र तलतले ५६ रनको साझेदारी गरे । यी दुईबीच राम्रो साझेदारी बनिरहेको थियो । तर तलतको खुट्टाले छोएर बेल झरेपछि साझेदारी टुट्न पुग्यो ।

    तलतले ३० बलमा एक चौका र दुई छक्का हिर्काए । १६.६ ओभरमा पाँच विकेट गुमाए पनि कर्णाली १४३ रनको राम्रो स्थितिमा थियो । अन्तिम तीन ओभरमा कर्णालीले ३७ रन जोड्दै चुनौतीपूर्ण लक्ष्यतर्पm अग्रसर भएको हो । पवन सर्राफ २४ बलमा दुई छक्कासहित ३० रनमा अविजित रहे । गुलसन झा २० रनमा आउट भए । उनले १२ बलमा दुई छक्का हिर्काए । पवन र गुलसनबीच छैटौं विकेटका लागि २८ रनको साझेदारी बन्यो । कर्णालीले अतिरिक्त १३ रन पनि पायो । काठमाण्डु गोर्खाजको बलिङमा कप्तान करणले दुई तथा साहब, जाहानदाद, देव र सन्तोषले समान एक विकेट लिए । आजै दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स बीच प्रतिस्पर्धा गर्नेछन् ।