सोमवार , कार्तिक १६, २०८३
काठमाडौं, १६ कार्तिक । जापानका लागि नेपालको प्रश्तावित राजदुत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिनुभएको छ ।
संसदीय सुनुवाई समितिको सोमवारको बैठकमा सभापति वोधनारायण श्रेष्ठले प्रश्तावित राजदुत थापाले नाम फिर्ता लिनुभएको जानकारी दिनुभयो । उहाँकाअनुसार थापाले आफूविरुद्ध उठेको स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) सम्बन्धी प्रश्नका कारण राजदुतका लागि दिएको आफ्नो नाम फिर्ता लिने समितिलाई जानकारी दिनुभएको हो ।
सभापति श्रेष्ठले थापाको व्यक्तिगत तथा व्यावसायिक प्रोफाइल राम्रो भएपनि स्वार्थको द्वन्द्वको विषय उठेकाले उक्त निर्णय लिनुपरेको बताउनु भयो । थापाले आफूलाई कानूनी रूपमा राजदुत बन्न रोकावट नहुने भएपनि व्यक्तिगत विषय जोडिएकाले नाम फिर्ता लिने निर्णय गरेको बताएको सभापति श्रेष्ठले समितिलाई जानकारी दिनुभयो । थापाको परिवार हाल जापानको स्थायी बासिन्दा रहेकोले समिति सदस्यहरुले प्रश्न उठाउनुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
