२०८२, भाद्र ३१ गते

Sep 16 2025 | २०८२, भाद्र ३१ गते

‘पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार देउवालाई सभापतिमा सघाएको हुँ’ (भिडिओ)

बिहिवार , पौष २९, २०७८

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनको पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार प्रधानमन्त्री शेरबहादर देउवालाई सभापतिमा सघाएको बताएका छन् ।

    बिहीबार कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ भक्तपुरले बिहीबार आयोजना गरेको झण्डोत्तलन कार्यक्रममा नेता सिंहले पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापतिमा सघाएको बताएका हुन् ।

    नेता सिंहले केन्द्रीय नेतृत्व परिवर्तन र पार्टी विधिसम्मत संस्थागत हुनुपर्ने एजेन्डा बोकेर महाधिवेशनमा मत मागेको स्मरण गर्दै मतदाताले आफूले अघि सारेका एजेन्डाअनुसार मत नदिएको बताए ।

    उनले पहिलो चरणको निर्वाचनको म्यान्डेड मान्दा धेरैको टाउको दुखेको  टिप्पणी गरे ।  आफुले दोस्रो चरणमा सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेपछि पार्टीभित्रकै केहि नेताहरुले नियोजित रुपमा आफुमाथि प्रहार गरेको गुनासो गरे ।

    नेता सिंहले कोरोना महामारीका बीचमा पनि सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गरेर पार्टीको काममा निरन्तर खटिरहन पनि नेता–कार्यकर्ताहरुसँग आग्रह गरेका छन् ।