images

बिहिवार, बैशाख १३ गते २०८१

सुस्ता र प्रतापपुरमा केरा जोन गठन

सुस्ता र प्रतापपुरमा केरा जोन गठन

images
images
images
आइतवार, पौष २५ २०७८
आइतवार, पौष २५ २०७८
  • सुस्ता र प्रतापपुरमा केरा जोन गठन

    भैरहवा, २५ पुस ।
    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई रुपन्देहीको आयोजनामा नवलपरासीको सुस्ता र प्रतापपुरमा जोन संचालन समन्वय समिति (केरा जोन) गठन गरिएको छ ।  परियोजना कार्यान्वयन एकाई, रुपन्देहीका वरिष्ठ कृषि अधिकृत नारायण काफ्लेको अध्यक्षतामा एवं प्रतापपुर गाउपालिका–६ का अध्यक्ष रामहरि उपाध्याय, ८ का वडाअध्यक्ष कजिर अलि अन्सारी र सुस्ता–५ का अध्यक्ष प्रभुनाथ यादव, नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खु प्रसाद यादव तथा जोन क्षेत्रका सहकारी÷समुह÷फर्ममा आबद्ध किसानहरुको उपस्थितिमा समिति गठन गरिएको हो । कार्यक्रमको सहजीकरण परियोजनाका नासु जिवन पौडेल र लेखापाल कृष्णा खनालले गरेका थिए ।

    images

    वरिष्ठ कृषि अधिकृत नारायण काफ्लेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै आर्थिक वर्ष २०७८÷०७९ बाट सञ्चालनमा आएको विशुद्ध नेपाल सरकारको बजेटमा सञ्चालन हुने केरा जोनको लक्ष्य प्राप्त गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने उद्देश्यले जोन सञ्चालन समन्वय समिति गठन गरिएको बताए । 

    वडाअध्यक्षहरु रामहरि उपाध्याय, कजिर अली अन्सारी र प्रभुनाथ यादवले कृषि क्षेत्रका समस्या धेरै भएपनि दिगो र आत्मनिर्भर कृषि क्षेत्रको विकास विकास गर्न सुस्ता ४ र ५ तथा प्रतापपुर ६, ७ र ८ मा केरा जोन सञ्चालनमा आएकोमा खुसी प्रकट गरे ।

    परियोजना कार्यान्वयन एकाई रुपन्देहीमा सूचीकृत २५ वटा सहकारी/समुह/फर्ममा आवद्ध केरा कृषकहरुको बृहत उपस्थिति भएको भेलाबाट वेचन कोइरीको संयोजकत्वमा तीन जना महिला सहित ९ सदस्यीय जोन सञ्चालन समन्वय समिति (केरा जोन) सर्वसम्मत निर्वाचित भएको कृषि अधिकृत रणबहादुर महतोले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij