२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

नजिकिदैँ चाडपर्व : गुल्मीमा यात्रु सहायता कक्ष स्थापना 

मंगलवार , आश्विन २७, २०७७

गुल्मी, २७ असोज । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको सयुंक्त पहलमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ। 

चाडपर्वको समयमा यात्रा गर्दा सवारी चालक र धनीहरुले यात्रुहरुलाई अभद्र व्यवहार गर्ने, यात्रुहरुको समेत भीडभाड हुनेभएकाले यात्रुहरुको समस्यालाई समाधान गर्नका लागि सदरमुकाम तम्घासको बुढाथोकी बसपार्क, उदिनढुगां जिपपार्क र गुल्मीको प्रवेशद्वार रिडि बजारमा लगाएतका बिभिन्न नाकामा सहायता कक्ष संचालन गरिएको छ। 

दशैँ तिहार जस्ता चाडपर्वलाई लक्षित गरी गुल्मीका बिभिन्न नाकाहरुमा सहायता कक्ष संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी सहायक निरिक्षक जगन्नाथ पाण्डेले जानाकारी दिए। 

सोमबार जिल्लाको सदरमुकाम तम्घास बुढाथोकी बसपार्कमा यात्रु, सवारी चालक, सवारी धनीलाई प्रहरीले पम्प्लेट बितरण गरेको थियो। ग्रामिण भेगमा गुड्ने सवारीले मनपरी भाडा असुल्ने, दोब्बर यात्रु बोक्ने सवारीलाई जिल्ला ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यलय गुल्मीले नियन्त्रणमा लिईरहेका छन् । 

IMG_9864.JPG

जिल्ला बिभिन्न स्थानमा स्थापना गरिएका सहायता कक्षले यातायात व्यवसायी, यात्रु र अन्य सरोकारवालाहरुलाई कोरोनाको महामारीकाबीच सरकारले जारी गरेका सुरक्षा सतर्कताका मापदण्डहरुलाई कार्यान्वयन गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीले आग्रह गरेको छ ।