२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

रोहिणी गाउँपालिका अध्यक्ष भन्छन, ‘किसान आन्दोलनप्रति समर्थन छ’  

बिहिवार , पौष २२, २०७८

भैरहवा, २२ पुस ।
रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले किसान आन्दोलनप्रति आफ्नो समर्थन जनाएका छन् । उनले किसानको सम्पूर्ण माग पुरा गर्न संघीय र प्रदेश सरकार लगायत सम्पूर्ण निकाय समक्ष आग्रह गरेका छन् ।

बिहीबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष यादवले सर्वसाधारण जनतामा पर्न गएको असुविधालाई सहज बनाउन आग्रह गरेका छन् ।
‘पुस १५ गतेदेखि देशका किसानद्वारा घोषणा गरिएको अनिश्चितकालिन हाई–वे बन्दलाई राज्यद्वारा विभिन्न बहाना बनाई अश्रुग्यास, प्लाष्टिक गोली हानी घाइते बनाइएको र अन्य केही आन्दोलनकारीलाई नियन्त्रणमा लिएकोमा आन्दोलनकारीहरुलाई तत्काल रिहा गर्न माग गर्दछु’ विज्ञप्तीमा उल्लेख छ ।

बुधबार ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल)ले पनि विज्ञप्ती जारी गर्दै किसान आन्दोलनप्रति आफ्नो समर्थन रहेको बताएका थिए ।

किसान आन्दोलनप्रति समर्थन जनाउनु ओमसतिया र रोहिणी गाउँपालिकाको कार्य प्रशसंनीय रहेको जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादव बताउँछन् ।