२०८२, आश्विन ३ गते

Sep 19 2025 | २०८२, आश्विन ३ गते

ओमसतिया गाउँपालिका अध्यक्ष भन्छन, ‘किसान आन्दोलनप्रति समर्थन छ’  

बुधवार , पौष २१, २०७८

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • भैरहवा, २१ पुस ।
    रुपन्देहीको ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल) ले किसान आन्दोलनप्रति समर्थन जनाएका छन् । उनले किसानको सम्पूर्ण माग पुरा गर्न संघीय र प्रदेश सरकार लगायत सम्पूर्ण निकाय समक्ष आग्रह गरेका छन् ।

    बुधबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष राहुलले सर्वसाधारण जनतामा पर्न गएको असुविधालाई सहज बनाउन आग्रह गरेका छन्, ।

    ‘पुस १५ गतेदेखि देशका किसानद्वारा घोषणा गरिएको अनिश्चितकालिन हाई–वे बन्दलाई राज्यद्वारा विभिन्न बहाना बनाई अश्रुग्यास, प्लाष्टिक गोली हानी घाइते बनाइएको र अन्य केही आन्दोलनकारीलाई नियन्त्रणमा लिएकोमा आन्दोलनकारीहरुलाई तत्काल रिहा गर्न माग गर्दछु’ विज्ञप्तीमा उल्लेख छ ।