
आइतवार , आश्विन २५, २०७७
भैरहवा, २५ असोज ।
रुपन्देहीको देवदहमा भर्चुअल देवदह युथ आइकन २०२० हुने भएको छ । कार्यक्रम यही कात्तिक १ गते उद्घाटन भई ७ गते फाइनल राउण्ड सम्पन्न हुने देवदह जेसीजले जनाएको छ ।
वर्ष २०१८ सालदेखि प्रत्येक वर्ष निरन्तर रुपमा सञ्चालन हुँदै आएको देवदह युथ आइकनलाई निरन्तरता दिने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको हो । विश्वव्यापी महामारीको रुपमा पैmलिएको कोभिड–१९ ले गर्दा गत वर्ष जस्तो प्रत्यक्ष रुपमा कार्यक्रम सञ्चालन गर्न नपाए पनि देवदह जेसीजले सुरुवात गरेको देवदहको गहनालार्ई निरन्तरता दिन भर्चुअल देवदह युथ आइकनको आयोजना गर्न लागिएको देवदह जेसीजले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
गत वर्ष देवदहमा रहेका १३ वटा माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थी सहभागि हुन पाउने भनिएकोमा यस वर्ष भने देवदहबाट अन्यत्र पढ्न जाने कक्षा ११ र १२ का विद्यार्थी पनि सहभागि हुन पाउने देवदह जेसीज वर्ष २०२० का अध्यक्ष जेसी सुरेन्द्र अधिकारीले जानकारी दिए । युथ आइकनको दावेदार देवदहका विद्यालयमा नै अध्ययन गर्ने विद्यार्थी हुने र विद्यार्थीहरु पठनपाठन गर्न विद्यालयमा जान नपाई घरमा नै बसेकाले समयको सदुपयोगका लागि अन्यत्र अध्ययन गर्ने विद्यार्थी कार्यक्रममा सहभागि मात्र हुने अध्यक्ष अधिकारीले बताए ।
आयोजकका अनुसार युथ आइकनको प्री अडिसन यही असोज २६ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ । कार्तिक ३ देखि ६ गतेसम्म वाककला तालिम, मेयरसंग टि टक, देवदह जेसीजका पुर्व अध्यक्षसंग युवा कार्यक्रम सम्पन्न गरिनेछ ।
तालिमको अन्तिम दिन तालिमबाट छानिएका ५ जना सहभागि विद्यार्थीहरु मध्यबाट १ जनालाई विजेता घोषणा गरिनेछ । समापनको दिन सहभागि विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा सहभागि गराइ भौतिक दुरी कायम गरि भर्चुअलका माध्यबाट कार्यक्रम सञ्चालन गरिने समेत अध्यक्ष सुरेन्द्र अधिकारीले जानकारी दिए ।
प्रतियोगितामा विजेता विद्यार्थीले १० हजार नगद र शिल्ड, एक वर्षभित्र राष्ट्रियस्तरको ३ वटा तालिममा सहभागिता, एक वर्षको अध्ययनमा छुट अथवा सोधभर्ना र उमेर पुगेपछि स्वतः देवदह जेसीजको सदस्ता पाउनेछ भने उपविजेताले ५ हजार नगद र शिल्ड उमेर पुगेपछि स्वतः देवदह जेसीजको सदस्यता पाउने उनले उल्लेख गरे ।
देवदह जेसीजका अध्यक्ष सुरेन्द्र अधिकारीको अध्यक्षता, कार्यक्रम संयोजक एवं देवदह जेसीजका उपाध्यक्ष यम बहादुर थापाको स्वागत, सचिव कमला अर्यालको सञ्चालन र देवदह जेसीजका तालिम व्यवस्थापक समज्ञा अधिकारीको धन्यवाद ज्ञापनमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij