२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

लुम्बिनी प्रेस क्लबले मनायो छैठौं स्थापना दिवस

बुधवार , पौष १४, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा, १४ पुस ।
    लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीले आफ्नो छैठौं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर क्लबले बुधबार भैरहवामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको कार्यक्रम संयोजक तथा क्लबका कार्यसमिति सदस्य शशि पन्थीले बताए ।

    क्लबका अध्यक्ष नरेश केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, उद्योगी, व्यवसायी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

    क्लबले पत्रकारको हकहितसंगै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको क्लबका सचिव शंकर पाण्डेले बताए ।