२०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

रुपन्देहीमा पाँचलाख रुपैयाँका पटाकासहित चारजना पक्राउ

शुक्रवार , आश्विन २३, २०८३

  • 265
    Shares
  • 265
    Shares
  • भैरहवा, २३ असोज । रुपन्देहीमा अवैध रूपमा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले करिब पाँचलाख रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका पटाकासहित चारजनालाई पक्राउ गरेको छ ।

    विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलीले बिहीबार सैनामैना नगरपालिका–४ स्थित रन्यौरामा चेकजाँच गर्ने क्रममा पटाका बरामद गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दका अनुसार रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ निवासी २५ वर्षीय धर्मराज यादवले चलाएको बा २१ च २२४९ नम्बरको पिकअप जिप रोकेर चेकजाँच गर्दा ९ वटा बोरामा राखिएका विभिन्न किसिमका पटाका फेला परेका थिए । प्रहरीले पटाकासहित पिकअप जीपसमेत बरामद गरेको जनाएको छ ।

    पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका–५ का २५ वर्षीय धर्मराज यादव र १८ वर्षीय सुशील यादव, सम्मरीमाई गाउँपालिका–७ का ३२ वर्षीय अक्लेश मौर्य र १९ वर्षीय सन्तोष कुर्मी रहेका छन् । पक्राउ परेका चारै जनामाथि विस्फोटक पदार्थ ऐनबमोजिम थप अनुसन्धान भइरहेको डीएसपी चन्दले जानकारी दिनुभयो ।