२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

रुपन्देही क्याम्पसमा भूतपूर्व विद्यार्थी संघ गठन गरिने

बुधवार , पौष १४, २०७८

भैरहवा, १४ पुस ।
रुपन्देही क्याम्पस सिद्धार्थनगर–९, मा भूतपूर्व विद्यार्थी संघ गठन गरिने भएको छ । संघ गठनका लागि यादव प्रसाद आचार्य (वाई.पी.)को अध्यक्षतामा ९ सदस्यीय सम्मेलन आयोजक समिति चयन गरिएको छ । जसको उपाध्यक्षमा कमलेश गौतम, सचिवमा देउपाल उपाध्याय, कोषाध्यक्षमा सर्मिला केसी, र सह–सचिवमा एकराज अर्याल रहेका छन् । त्यस्तै सदस्यहरुमा कमल घिमिरे, मनिषराज पाण्डे, मगरु मल्लाह र बलराम चौधरी रहेका छन् ।

रुपन्देही क्याम्पसका क्याम्पस प्रमुख पार्थिवेन्द्र उपाध्यायको प्रमुख आतिथ्यता, श्री भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक मोतीराज सुवेदीको विशिष्ट आतिथ्यता तथा रुपन्देही क्याम्पसका सहायक क्याम्पस प्रमुख लक्ष्मण ज्ञवालीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।