२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

लुम्बिनी प्रदेशमा रासायनिक मल उत्पादन हुन्छ : मन्त्री पौडेल

आइतवार , आश्विन २५, २०७७

अर्घाखाँची, २५ असोज । 
लुम्बिनी प्रदेशमा अब रासायनिक मल उत्पादन गर्ने लुम्बिनी प्रदेशकी भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल बताएकी छन् । यसका लागि प्रदेश सरकार निजी उद्योगसँग समन्वय गरेर अघि बढ्ने उनले जानकारी दिइन् ।

प्रत्येक वर्ष मलको अभाव हुँदा कृषकले उत्पादनमा कमी आएको गुनासो राखेकाले प्रदेश सरकारले यो कार्यक्रम अगाडि बढाएको मन्त्री पौडेलले बताइन् ।

लुम्बिनी प्रदेशका सबै पालिकामा कोसेली घर सञ्चालन गर्ने तयारीमा प्रदेश सरकार रहेको उनको भनाइ छ । सन्धिखर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पौडेलले किसानलाई बजार सहज होस भनेर स्थानीय तहमा सहकारी बजार सञ्चालन गर्न प्रदेश सरकार लागि परेको बताइन् ।